यस्ता छन् सर्लाहीबाट समानुपातिक उम्मेद्वार
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०७ । आगामी संविधान सभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुापतिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेद्वारहरुको नामावाली बुधबार प्रकाशित गरेको छ । जसअनुसार सर्लाहीबाट मात्र सयजना भन्दा बढीको नाम समानुपातिक उम्मेद्वारमा परेको अनुमान गरिएको छ । जानकारी गराईए अनुसार सर्लाहीबाट सबैभन्दा बढी तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिकमा नाम परेको छ । एकिकृत नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले), मधेशी जन अधिकार फोरम नेपाल, मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक), तराई मधेश लोकतान्त्रिक पार्टी लगायतका जिल्ला नेतृत्वबाट निर्वाचन आयोगद्वारा प्रकाशित नामावलीमा सर्लाहीबाट समेटीएका बारेमा जानकारी प्राप्त भएपनि अन्य विभिन्न पार्टीहरुसँग सम्पर्क हुन सकेन भने केही दलका जिल्ला नेतृत्वले बताउन सकेन ।
निर्वाचन आयोगले प्रकाशित गरेको समानुपातिक उम्मेद्वारहरुको नामावली अनुसार एकिकृत नेकपा माओवादीबाट सर्लाहीका ४ जना समेटिएका छन् । जसअनुसार प्रल्लाद बुढाथोकी, माया बल, सुरज कुमारी यादव (विनिता) र शम्भु पासवान रहेका छन् । समानुपातिकमा नाम सिफारिस भएका प्रल्लाद बुढाथोकी पार्टीको केन्द्रीय कार्यालय सचिव हुन् । विहिबार सर्लाही दैनिकलाई बुढाथोकीले बताएअनुसार बल हरिवन र विनिता लालबन्दीकी हुन् । पासवानको भने ठेगाना खुल्न सकेको छैन । एमाओवादी क्षेत्र नं. ३ की इन्चार्ज समेत रहेकी बल पार्टीले क्षेत्र नं. ३ मा खडा गरेको उम्मेद्वारको विषयमा असन्तुष्ट बन्दै सार्वजनिक रुपमै विरोधमा उत्रेकी थिईन् । पार्टीका उम्मेद्वारको विरोध गरेपछि थमथम्याउन उनलाई समानुपातिक उम्मेद्वारको रुपमा उभ्याएको हुनसक्ने जानकारहरु बताउँछन् ।
त्यस्तै नेपाली कांग्रेसबाट भने समानुपातिक उम्मेद्वारमा तीनजना मात्र पर्न सफल भएका छन् । जिल्ला सभापति लक्ष्मण रायका अनुसार हरेस महतो, उपेन्द्र कुशवाह र कारोवती सिंह दनुवार रहेका छन् । जिल्लाबाट नाम नै सिफारिस नभएपनि महतो समानुपातिकको उम्मेद्वारको नामावलीमा परेका छन् । क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्म्देवार बन्ने दौडमा रहेका महतोलाई समानुपातिकमा नाम राख्ने आश्वासन दिदै कांग्रेसले मिना पाण्डेलाई प्रत्यक्षतर्फ उम्मेद्वार खडा गरेको थियो । कांग्रेसकी केन्द्रीय स्तरकी नेतृ समेत रहेकी पाण्डे तथा नेता विमलेन्द्र निधिको दवावमा महतोलाई समानुपातिकमा पारिएको कांग्रेस सर्लाहीका नेताहरुले बताएका छन् । त्यस्तै कारोवतीलाई पनि पाण्डेकै पहलमा समानुपातिक उम्मेद्वारमा पारिएको जानकारहरु बताउँछन् । कुशवाहलाई भने कांग्रेसमा पछिल्लो समय हावी बन्दै गएका डा. अमरेश कुमार सिंहको दवावमा समानुपातिक उम्मेद्वार बनाईएको बताईन्छ ।
त्यसैगरी नेकपा (एमाले) बाट सर्लाहीका ७ जना समानुपातिक उम्मेद्वारमा परेका छन् । एमाले जिल्ला सचिव डिल्लीप्रसाद उप्रेतीका अनुसार रविन्द्र बैठा (संग्रामपुर), कमलादेवी महतो (सिमराभगवतीपुर), लक्ष्मण पौडेल (कर्मैया), रञ्जना सरकार (हरिपुर), सुमन धामी(हरिपुर), सरनारायण महतो (गौरिशंकर) र ललिता चौधरी (मलंगवा) रहेका छन् । ‘‘मेरो जानकारी अनुसार अहिलेसम्म यति नामावली मात्र थाहा छ ।’’ बिहिबार सर्लाही दैनिकलाई उपे्रतीले बताए । जानकारहरुका अनुसार तीन प्रमुख दलहरु एनेकपा माओवादी, कांग्रेस र एमाले मध्ये राष्ट्रिय अध्यक्ष झलनाथ खनाल नै सर्लाहीको क्षेत्र नं. १ बाट उम्मेद्वार बनेकाले एमालेबाट समानुपातिक उम्मेद्वारमा जिल्लाबाट बढी परेका छन् ।
त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीबाट सर्लाहीका १२ जना समानुपातिक उम्मेद्वारको नामावलीमा परेको जिल्ला अध्यक्ष जंगीलाल रायले दावी गरे । ‘‘पार्टीबाट हाम्रो जिल्लालाई १२ जनाको कोटा नै थियो ।’’ जिल्ला अध्यक्ष रायले विहिबार सर्लाही दैनिकसँग दावी गरे–‘‘कोटा अनुसार नै नाम परेको छ ।’’ पत्रिका हेर्न नपाएकाले को–को परे भन्ने बारे आफुलाई थाहा नभएको विहिबार साँझ रायले बताए । तमलोपा स्रोतका अनुसार भर्खरै तमलोपा प्रवेश गरेका केदारनन्दन चौधरी, उदयनारायण चौधरी पनि समानुपातिक उम्मेद्वारको नामावलीमा परेका छन् । त्यस्तै केन्द्रीय सदस्य प्रदिपनारायण यादव, पूर्व सहायक मन्त्री चन्दा चौधरी, डा. नागेन्द्रप्रसाद साह, भैरव झा, रामप्रवेश वैठा, कुस्मादेवी, कृष्णकुमार यादव लगायत सर्लाहीबाट १२ जना समानुपातिक उम्मेद्वार रहेको बताईएको छ ।
त्यसैगरी मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट ११ जना समानुपातिक उम्मेद्वारको नामावलीमा समावेश भएको जिल्ला अध्यक्ष रामवली रायले दावी गरे । भर्खरै मजफो लोकतान्त्रिक प्रवेश गरेका बरहथवाका रामचन्द्र महतो नुनिया पनि समानुपातिक उम्मेद्वारको रुपमा पार्टीले नाम समावेश गरेको छ । त्यस्तै महेन्द्र सहनी (हथियौल हाल हजरिया), अन्तोष दास (हजरिया), गोपीकान्त दास (सुन्दरपुर), रामइश्वर राय (सुन्दरपुर), शेष नुर महम्मद् (हरिवन), वैजनाथ महतो (अर्नाहा), जवाहरलाल यादव (सिमरा), सुवेदार चौधरी (इश्वरपुर), कृष्णादेवी महतो (मूर्तिया) र मुनेश्वर राय (हरिपुर) रहेका छन् ।
त्यस्तै मधेशी जन अधिकार फोरम नेपालबाट सर्लाहीका आठ जना समानुपातिक उम्मेद्वारको नामावलीमा परेका छन् । कृष्णदेव यादव (सर्लाही क्याम्पस पूर्व प्रमुख), विद्या सिन्हा (बलरा), सुनैना चौधरी (सलेमपुर), विना सिन्हा (खैर्वा), सिमा सिंह (छतौना) रहेका छन् । पार्टीका विदेय क्षेत्र इन्चार्ज एवं समानुपातिक उम्मेद्वार कृष्णदेव यादवका अनुसार अन्य समानुपातिक उम्मेद्वारहरुमा रोशन आरा (मलंगवा), मुद्रिका पासवान (हेमपुर) र नाजिमा खातुन (भाँडसर) रहेका छन् । फोरम नेपालबाट समानुपातिक उम्मेद्वारमा परेका आठजना मध्ये सातजना महिला रहेका छन् ।
अन्य विभिन्न पार्टीहरुबाट समेत समानुपातिक उम्मे्दवारमा परेका भएपनि सम्पर्क हुन नसकेका कारण र जिल्ला नेतृत्वले बताउन नसकेका एवं नचाहेका कारण यस सर्लाही दैनिकलाई नामावली उपलब्ध हुन सकेन । प्राप्त भएका नामावलीहरु पनि सम्बन्धित पार्टीका जिल्ला नेतृत्वसँग टेलिफोन सम्पर्कका भरमा लिईएकाले निर्वाचन आयोगबाटै पुष्टि भएका नाम भने हैनन् । निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीमा ठेगाना उल्लेख नभएकाले र एउटै नाम अन्य जिल्लाका नेता कार्यकर्तासँग पनि मिल्ने भएकाले सर्लाहीबाट परेका भनेर किटानी गर्न सकिएन । समानुपातिक उम्मेद्वारको रुपमा नाम पारिदिउँला भन्दै विभिन्न नेता कार्यकर्ताहरुलाई प्रलोभन देखाईएको र पार्टी नै प्रवेश गराईएकाले जिल्ला नेतृत्वले नामावली दिन नचाहेको जानकारहरु बताउँछन् । ठूला मानिएका एनेकपा माओवादी, नेपाली कांग्रेस र एमालेमा लामो योगदान दिएका र जिल्लामा उच्च तहमा काम गरिरहेका नेताकार्यकर्ताहरु समेत समानुपातिक उम्मेद्वारको नामावलीमा परेका छैनन् ।
Friday, October 25, 2013
पत्थरकोटबाट २ थान बन्दुक बरामद
पत्थरकोटबाट २ थान बन्दुक बरामद
सर्लाही समाचारदाता
पत्थरकोट, कात्ति ०७ । पत्थरकोट प्रहरी चौकीको टोलीले बुधबार राती दुईनाल बारुद भरिएको अवस्थाका भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीका अनुसार पत्थरकोट गाविस–७ स्थित कोइरी टोला नजिक लखन्देही खोला किनारबाट दुईवटा भरुवा बन्दुक बरामद भएको हो । पत्थरकोट प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक महेश आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले २ नाल बन्दुकका साथै १ थान खुकुरी, उक्त बन्दुकमा प्रयोग हुने बारुदका पोका, चप्पल र झोला बरामद् गरेको हो ।
प्रहरी गस्ती टोलीले राती सबा ९ बजे तिर लखन्देही खोला किनारबाट ती सामानहरु बरामद गरेको हो । प्रहरी टोलीलाई देख्नेवितिकै भाग्दै गरेका ३–४ जनाको समूहले उक्त बन्दुक र सामान फालेको प्रहरीले जनाएको छ । प्रसनी आचार्यको नेतृत्वमा यसअघि पनि पत्थरकोटबाट एकजना हतियारसहित पक्राउ परेका थिए ।

एमाओवादी र संघीय समाजवादीमा प्रवेश
एमाओवादी र संघीय
समाजवादीमा प्रवेश
सर्लाही समाचारदाता
इश्वरपुर, कात्तिक ०७ । एकिकृत नेकपा (माओवादी) र संघीय समाजवादी पार्टीले बिहिबार भएको छुट्टाछुट्टै कार्यक्रममा कार्यकर्ता प्रवेश गरेको दावी गरेका छन् ।
एमाओवादी क्षेत्र नं. १ को कमिटीले इश्वरपुरमा आयोजित कार्यक्रममा विभिन्न पार्टीबाट ४० जनाभन्दाबढी नेता कार्यकर्ता प्रवेश गरेको दावी गरेको छ । पार्टीका क्षेत्र नं. १ का प्रचारप्रसार समिति संयोजक इन्द्र योञ्जनका अनुसार सद्भावना पार्टीका जिल्ला सदस्य खालीन अन्सारीको नेतृत्वमा ४० जना कार्यकर्ताहरु एमाओवादी प्रवेश गरेका छन् ।
एमाओवादी गाउँ कमिटी इन्चार्ज रामबाबु सिंहको अध्यक्षामा भएको कार्यक्रम क्षेत्र नं. १ निर्वाचन मूल समारोह समितिका संयोजक एवं पूर्व जिल्ला इन्चार्ज लुमडी धिमालको प्रमुख आतिथ्यतामा भएको थियो ।
त्यस्तै हरिवनमा भएको एक कार्यक्रममा विहिबार विभिन्न पार्टी परित्याग गरी २९ जना नेताकार्यकर्ताहरु संघीय समाजवादीमा प्रवेश गरेको सो पार्टीले दावी गरको छ । पिपरियाका सीताराम ठाकुर, हेमपुरका महेश राय, पिडारीका राजेन्द्रदेव साह लगायत २९ जना विभिन्न पार्टीबाट संघीय समाजवादी पार्टीमा प्रवेश गरेको बताईएको छ । पार्टीका यूवा नेता शेख मेहबुबको अध्यक्षता एवं जिल्ला अध्यक्ष गंगा लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रामनरेश राय, गोविन्द साह, अमरनाथ भगत लगायत नेताहरुको उपस्थिती रहेको थियो । नवप्रवेशीहरुलाई प्रमुख अतिथी जिल्ला अध्यक्ष लामा, नेता राय लगायतले अबिर लगाएर स्वागत गरेको बताईएको छ ।

नेपाली कांग्रेसको कार्यक्रम
नेपाली कांग्रेसको कार्यक्रम
सर्लाही समाचारदाता
वेला, कात्तिक ०७ । नेपाली कांग्रेसको वेला गाविसमा विहिबार भेला सम्पन्न भएको छ ।
भेलाले १ सय १ सदस्यीय प्रचार प्रसार समिति र ५ सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ । भेलामा नेपाली कांग्रेस महासमिति सदस्य वेनि बहादुर कार्की, क्षेत्रिय सभापति प्रमोद बराल, महाधिवेशन प्रतिनिधि दिपक अधिकारी, विष्णु मणि घिमिरे, महेन्द्र महतो, जिल्ला कार्य समिति सदस्य जोगनारायण चौधरी, नेविसंघका उपाध्यक्ष विश्वामित्र रिजाल, नेता शुरेन्द्र न्यौपाने, सिताराम दहाल, विश्व लक्ष्मी लगायतको उपस्थिति रहेको थियो ।
गाउँ सभापति रामेश्वर साहको सभापतित्व तथा क्षेत्र नम्बर १ का उम्मेदवार शुशिला कार्कीको प्रमुख आतिथ्यतामा भेला सम्मपन्न भएको हो । भेलामा वोल्ने वतmाहरुले क्षेत्र नम्बर १ का उमेदवार शुशिला कार्कीलाई भारि बहुमतले जिताउने प्रतिवद्धता जनाएका थिए ।
यसैबीच भक्तिपुरको चौलीखा बजारमा पनि बिहिबार नै नेपाली काँगे्रसको गाउँ भेला सम्पन्न भएको छ । पार्टीका गाउँ सभापती बल बहादुर किङरिङको सभापतित्व तथा नेपाली काँगे्रस क्षेत्र नम्वर १ का उमेदवार सुशिला कार्र्कीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा सिताराम दाहाल, मन्जुर अन्सारी, हरि लुङ्गेली, जतन बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।

साईकल चालक खोज्दै प्रहरी
साईकल चालक खोज्दै प्रहरी
सर्लाही समाचारदाता
बरहथवा, कात्तिक ०७ । घरअगाडी खेलिरहेका बरहथवा गाविस–५ का दुईवर्षिय बालक साइकलको ठक्करबाट गम्भिर घाईते भएका छन् ।
बिहिबार साँझ साँढे ५ बजे अनिल सिंहका छोरा नितेश सिंहलाई घरअगाडी खेलिरहेको अवस्थामा एक साइकलले ठक्कर दिएको थियो । टाउकोमा चोट लागेका नितेशलाई स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पश्चात साँझ नै थप उपचारका लागि वीरगंतर्फ लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीका अनुसार बालकलाई ठक्कर दिएपछि साईकल चालक साईकल नै छाडेर भागेका छन् । ठक्कर दिने साईकल स्थानीय प्रहरीको नियन्त्रणमा रहेको र फरार साइकल चालकको खोजी कार्य भईरहेको प्रहरी निरीक्षक ओलीले बताए ।

काम गर्ने भारतीय ठेकेदारको प्रतिबद्धता
काम गर्ने भारतीय ठेकेदारको प्रतिबद्धता
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०७ । नवलपुर–मलंगवा सडकखण्डमा आगामी आइतबारबाट भारतीय ठेकेदार कम्पनी भिश्वा कन्स्ट्रक्शनले मर्मत संभारको काम सुरु गर्ने भएको छ ।
बिहिबार भौतिक योजना तथा निर्माण मन्त्रालयमा भएको बैठकमा भारतीय ठेकेदार कम्पनी भिश्वाका प्रतिनिधिले आगामी आइतबारदेखि नवलपुर–मलंगवा सडकखण्डमा मर्मत संभारको काम सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालय अन्तर्गत हुलाकी राजमार्ग आयोजनाका प्रमुख विरेन्द्र वादे श्रेष्ठले नवलपुर–मलंगवा सडकखण्ड सहित तराईका हुलाकी राजमार्ग पुनर्निर्माण कार्य हेर्ने दुवै देशका सम्बन्धित अधिकारीहरु रहने ‘स्टेरिङ’ कमिटीको बैठकमा भारतीय ठेकेदारले प्रतिबद्धता जनाएको बताए ।
‘‘पूनर्निर्माणको जिम्मेवारी लिएको भारतीय ठेकेदारका प्रमुखले आगामी आइतबारबाट पुनर्निर्माण हैन तत्कालिन मर्मत संभारको काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।’’ बैठकमा सहभागि श्रेष्ठले सर्लाही दैनिकसँग भने–‘‘मर्मत संभारका लागि भारतीय सरकारले नै बजेट उपलब्ध गराउने छ ।’’ तत्कालका लागि सवारी साधन गुड्न सहज हुनेगरी खाडलहरु पुरेर सम्याउने काम गर्ने भारतीय ठेकेदारबाट प्रतिबद्धता आएको श्रेष्ठले बताए । ‘‘आइतबारबाट हामी मर्मतको लागि उपकरणहरु परिचालन गर्छौं ।’’ ठेकेदारको भनाई उद्धृत गर्दै श्रेष्ठले भने–‘‘कुनै कारणबस सोमबार वा मंगलबार पनि हुन सक्छ ।’’
बैठकमा भौतिक योजना तथा निर्माण मन्त्रालयका भौतिक पूर्वाधार तथा यातायात शाखा हेर्ने सहसचिव सुदर्शन राम भण्डारीको नेतृत्वमा सम्बन्धित सरकारी निकायका प्रमुख तथा भारतीय सरकारको तर्फबाट सहसचिव अभय ठाकुरको नेतृत्वको टोली सहित तराईका विभिन्न सडक पूनर्निर्माण गर्ने ठेक्का लिएका भारतीय ठेकेदार, भारतीय कन्सल्ट्यान्ट्सका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । दुईपक्षबीच नियमित रुपमा बस्ने स्टेरिङ कमिटीको छैठौं बैठक बिहिबार झण्डै चार घण्टा चलेको थियो ।
उक्त सडकहरु पुनर्निर्माणका लागि भारतीय ठेकेदारलाई हस्तान्तरण गरिसकिएकाले नेपाल सरकारको तर्फबाट चाहेरपनि कुनै काम गर्न नसकिने भएकाले मर्मत संभारका लागि पनि भारतीय पक्षलाई आग्रह गर्नुपरेको आयोजना प्रमुख श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बैठकमा नेपाल सरकार र भारतीय ठेकेदार दुवैपक्षबाट कमि कमजोरी भएको औंल्याईएको र आगामी दिनमा त्यस्ता कमि कमजोरीहरुलाई सुधार गर्ने सहमति भएको छ । नेपाल सरकारकातर्फबाट समयमै सडक पुनर्निर्माण स्थल खाल नगराईनु कमजोरीको रुपमा औंल्याईएको थियो । निरन्तर काम सुरु गर्न नपाउँदा दैनिक हजारौं पर्ने उपकरणहरु त्यसै खाली राख्नु परेकाले ठेकेदारलाई पनि समस्या परेको बैठकमा समिक्षा भएको बताईएको छ । ‘‘नियमित काम गर्न नपाउँदा व्ययभार लगायत कारणले आर्थिक समस्या परेको भारतीय ठेकेदारबाट कुरा आयो ।’’ श्रेष्ठले भने । बैठकमा हुलाकी रामार्ग आयोजना अन्तर्गत योजना कार्यालय जनकपुरका प्रमुख किशोरी रायको पनि सहभागिता रहेको थियो ।
पुनर्निमार्ण नहुँदा नवलपुर–मलंगवा सहित हुलाकी सडकखण्डहरु जीर्ण भएकाले आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थामा समस्या परेको भन्दै जिल्ला सुरक्षा समितिको गत असोज १४ गते बसेको बैठकले समेत निर्वाचन अघि नै सो खण्ड मर्मतका लागि पहल गर्न गृह मन्त्रालयसँग माग गरेको थियो । नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले सडक पुनर्निर्माणका काम समयमै नहुँदा आम जिल्लाबासी मारमा परेको बताए । ‘‘भारतीय ठेकेदारको लापरवाहीका कारण आम सर्लाहीबासी सहित उक्त सडक प्रयोग गर्ने जो कोहीले पीडा बहन गर्नुपरिरहेको छ ।’’ चौधरीले भने ।
३० महिनाभित्र उक्त सडक निर्माण कार्य सक्नेगरी नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुसार २०६८ साल वैशाख २९ गतेबाट ठेकेदार कम्पनी भिश्वा कन्ट्रक्सनले काम सुरु गरेको थियो । तर काम सुरु भएको झण्डै २९ महिना वित्न लाग्दा समेत २५ किलोमिटर सडकखण्डको १ प्रतिशत पनि काम भएको छैन । सम्झौता अनुसार उक्त ठेकेदार कम्पनीले आगामी कातिक २६ गते भित्र सडक निर्माणको काम सक्नुपर्ने हुन्छ । तर हालसम्म सडक नाप्ने र कतै कतै खोतल्ने काम मात्र भएको तथा केही महिनादेखि त ठेकेदारले पूर्ण रुपमा काम नै रोकेकाले सम्झौता अवधी भित्र सडक निर्माणको काम सम्पन्न नहुने निश्चित भएको छ । तलब नपाएका कारण हाल उक्त कम्पनिका मजदुरले समेत काम छाडेको बताईएको छ ।

बन्दबाट बिहिबार पनि यातायात ठप्प
बन्दबाट बिहिबार पनि यातायात ठप्प
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक ०७ । सडकखण्ड मर्मतको माग राखेर यातायात व्यवसायी हड्तालमा उत्रिएका कारण दोस्रो दिन बिहिबार पनि नवलपुर–मलंगवा सडकखण्डमा सार्वजनिक सवारी साधन चलेनन् ।
सडक पूर्ण रुपमा जिर्ण भएपनि सम्बन्धित निकायले मर्मतका लागि कुनै वास्ता नगरेपछि यातायात व्यवसायी अनिश्चित हड्तालमा उत्रिएका हुन् । सडकमा यातायत नै चलाउन नहुनेगरी भएको खाल्डा खुल्डी मर्मत नभएसम्मका लागि नवलपुर–मलंगवा २५ किलोमिटर सडकखण्डमा कुनैपनि भाडाका सवारी साधन नचलाउने निर्णय गरिएको सर्लाही यातायात बस व्यवसायी संघका अध्यक्ष शिवशंकर रायले बताए । नवलपुरदेखि मलंगवासम्मको २५ किलोमिटर दुरीमा आधा घण्टा मात्र समय लाग्नुपर्ने भएपनि जिर्ण सडकका कारण दुई घण्टासम्म लाग्ने गरेको र सवारी साधनमा टुट्फुट् एवं दुर्घटना समेत बढेका कारण अनिश्चितकालिन हड्तालमा उत्रनु परेको अध्यक्ष रायले बताए ।
३० महिनासम्ममा सो सडक पीच गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने शर्तका साथ भारतीय निर्माण कम्पनी भिस्वा कन्स्ट्रक्सनले सम्झौता गरेको भएपनि समय सकिन १७ दिनमात्र बाँकी रहदा सडकमा पीच त परै जाओस् कतै–कतै खोतल्ने र नाँपजाप गर्ने काममात्र भएको यातायात व्यवसायीले गुनासो गरेका छन् । सडक जिर्ण हुँदा यातायात व्यवसायी र सर्वसाधारण यात्रुको कठिनाई एवं धुलो उडेर आसपासका बस्तीहरु समेत प्रभावित भएकाले थप कठिनाई भोग्नु परिरहेको यातयात व्यवसायीले बताए ।
यातायात व्यवसायीको हड्तालका कारण पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट अत्यावश्यक काम परेर सदरमुकाम मलंगवा जानुपर्ने सेवाग्राहीहरु समस्यामा परेका थिए भने सरकारी कार्यालयमा काम गर्ने कर्मचारीले पनि कठिनाई भोग्नु परेको छ । बुधबारदेखि सुरु भएको यातायात व्यवसायीको हड्तालका कारण नवलपुर–मलंगवा सडकखण्डमा निजी सवारी साधनमात्र सुचारु थिए । मलंगवा जाने सार्वजनिक बस तथा सवारी साधनहरु नवलपुरमै थन्केर बसेका छन् भने नवलपुरतर्फ आउने सार्वजनिक सवारी साधन मलंगवामै थुप्रेर बसेका छन् ।
जिर्ण सडकका कारण आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थामा समेत गम्भिर कठिनाई परेको जनाउँदै गत असोज १४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत सडक मर्मतका लागि पहल गर्न गृहमन्त्रालय समक्ष माग गरेको थियो । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले निर्वाचन अघि नै जिर्ण सडक मर्मतको माग गरिएको बताए । दुईदेशिय सम्झौता अनुसार भारतीय निर्माण कम्पनीले सडक बनाउने ठेक्का लिएपछि सो सडकमा जिल्ला स्तरका सम्बन्धित सरकारी निकायले पनि काम गर्न नमिल्ने भएको र ठेकेदारले समयमै कार्य सम्पन्न गर्न नसक्दा समस्या आएको घिमिरेले जानकारी दिए ।

Subscribe to:
Posts (Atom)