सर्लाहीको हरिवन-सिन्धुलीको क्यानेश्वर सडकखण्डमा ट्रयाक्टर दुर्घनटना
५ जनाको मृत्यु ः ६ जना घाइते
सर्लाही समाचारदाता
क्यानेश्वर, कात्तिक १४ । हरिवन–क्यानेश्वर सडकखण्डमा विहीबार राती ट्रयाक्टर पल्टदा दुई महिला सहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाईते भएका छन् ।
लालबन्दी बजारबाट टेलरभरी टनाटन खाद्यान्न सामानहरु बोकेर सिन्धुलीको क्यानेश्वर जाँदै गरेको ट्रयाक्टर राती १० बजेतिर धिमिलेडाँडा भन्दा केही तलपुगेपछि क्यानेश्वर गाविस स्थित सडकबाट झण्डै ४० मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमध्ये चारजना क्यानेश्वर गाविसका छन् भने एकजना पत्थरकोट गाविसका छन् । सँगै यात्रा गरिरहेका एक दम्पतिमध्ये श्रीमतिको मृत्य भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा क्यानेश्वर गाविस–१, भुताहाका मात्र तीनजना छन् भने नौ नम्बर वडाका एकजना र पत्थरकोट गाविसका एकजना रहेका छन् ।
त्यस्तै मृत्यु हुनेमा क्यानेश्वर गाविस अन्तर्गत वडा नं. १ का ७४ वर्षिय काजीमान थिङ, ४४ वर्षिया फूलमाया थिङ, २० वर्षिया माईली थिङ तथा वडा नं. ९ का ३२ वर्षिय प्रतिक स्याङतान रहेका छन् । त्यस्तै दुर्घटनामा परि पथ्थरकोट गाविस बाहुनीका २५ वर्षिय विशाल ब्लोनको पनि मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट हरिवनका प्रमुख हबल्दार इन्द्र घिसिङले बताए । विशाल सोही ट्रयाक्टरको चालक रहेको बताईएको छ । मृतकहरको शव यो समाचार तयार पार्दासम्म घटनास्थलमै जस्ताको तस्तै छरिएर रहेको थियो ।
त्यस्तै दुर्घटनामा परि क्यानेश्वर गाविस–१ की १८ वर्षिया विना मोक्तान तथा सर्लाहीको नारायणखोला गाविस–२ का १८ वर्षिय दलबहादुर रुम्बा गम्भिर घाईते भएका छन् । ट्रयाक्टरकै सहचालक रहेका रुम्बाको अनुहार सहित टाउकोका विभिन्न भागमा गहिरा चोटहरु रहेका छन् भने मोक्तानको ढाड र खुट्टाहरु भाच्चिएको अनुमान गरिएको छ । उनीहरुलाई राती नै थप उपचारका लागि बाहिर पठाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अन्य घाईतेमा क्यानेश्वर गाविस–१ का ३७ वर्षिय ज्ञानबहादुर थिङ, ३६ वर्षिय भिमबहादुर तामाङ र २० वर्षिय धनबहादुर घिसिङ रहेका छन् । दुर्घटनामा परेर मृत्यु भएकी माइली घिसिङ घाईते धनबहादुरकी श्रीमति हुन् । त्यस्तै दुर्घटनामा परि पत्थरकोट गाविस बाहुनीका संजीव वाईबा घाईते भएका छन् ।
पत्थरकोट बाहुनी टोलाका संग्रामसिंह वाईबाको ट्रयाक्टर उनका छोरा संजीव वाईबाले चलाउँदा दुर्घटना भएको घाईतेहरुले बताएका छन् । ‘‘चालक विशाललाई हटाएर संजीवले ट्रयाक्टर चलाएका थिए ।’’ सर्लाही जिवन अस्पतालमा उपचार गराईहेका घाईते भिमबहादुरले भने–‘‘न्यूट्रलमा राखेर चलाएका थिए, एक्कासी सडकबाट तल खस्यो ।’’ घाईते संजीव भने फरार भएको प्रहरीले जनाएको छ ।
भिमबहादुरका अनुसार साँझ ६ बजे लालबन्दीबाट सामान बोकेर हिडेको ट्रयाक्टर राती साँढे ८ बजेतिर सर्लाही र सिन्धुलीको सिमा क्षेत्र धिमिलेडाँडा पुगेको थियो । डाँडामा खाना खाएर झण्डै एकघण्टापछि हिडेको ट्रयाक्टर दुईकिलोमिटर जति तलपुगेपछि सडकबाट खसेको थियो । ‘‘हामीले राती धिमिलेडाँडैमा बसौ भनेका थियौं ।’’ घाईते भिमबहादुरले भने–‘‘तर धनबहादुर र उनकी श्रीमति माइलीले ११ महिनाको बच्चा घरमा हुनाले दुध खुवाउनुपर्छ भनेर जिद्धी गरे अनि राती नै क्यानेश्वरतर्पm लाग्यौं ।’’
दुर्घटनामा सामान्य घाईते भएका घाईतेद्वय भिमबहादुर र धनबहादुर पुनः उकालो चढेर डेढ घण्टामा धिमिलेडाँडा आईपुगेका थिए । उनीहरुको खबर अनुसार स्थानीय बासिन्दाले हरिवन स्थित एम्बुलेन्स र प्रहरीलाई खबर गरेका थिए । सर्लाही जिवन अस्पताल हरिवनबाट एम्बुलेन्स र स्वास्थ्यकर्मी सहितको टोली घटनास्थल पुगेर घाईतेहरुको उद्धार गरिएको ट्राफिक प्रहरी हबल्दार घिसिङले बताए । घाईतेहरुलाई दुईवटा एम्बुलेन्समा राखेर राती १ बजे हरिवन ल्याईएको थियो । राती नै हरिवनबाट सशस्त्र प्रहरी र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । अधिकाशं मृतकहरुको शव क्षतविक्षत रहेको घटनास्थलमै पुगेका सर्लाही जिवन अस्पताल हरिवनका सञ्चालक एवं स्वास्थ्यकर्मी अर्जुन मैनालीले बताए । ‘‘मैले त यस्तो दर्दनाक दुर्घटना कहिल्यै देखेको थिइन ।’’ उनले भने–‘‘कसैको खप्पर छैन त कसैको हातखुट्टा, क्षतविक्षत छन् ।’’ दुर्घटनाबाट ट्रयाक्टरको इन्जिन र टेलर समेत क्षतविक्षत भएकाले नम्बर समेत खुल्न सकेको छैन । लु. १ त बाहेक नम्बर देख्न नसकिने भएको ट्राफिक प्रहरी हबल्दार घिसिङले बताए । टेलरमा रहेका सामानहरु पनि यत्रतत्र छरिएका छन् । ढुंगामा बजारिएर र ट्रयाक्टरको इन्जिन एवं टेलरले चेपेका कारण मृतकको शव क्षतविक्षत अवस्थामा रहेको बताईएको छ ।
केही वर्षअघिदेखि ‘ट्रयाक’ खोलेर सञ्चालनमा ल्याईएको कच्ची सडकमा गुड्ने सवारी साधनले कोचि–कोची यात्रु र सामानहरु बोक्ने गरेका कारण उक्त सडकखण्डमा पटक–पटक दुर्घटना हुने गरेको छ । मर्मतको काम गरेर सडकको स्तरमा केही सुधार गरिएको भएपनि क्षमताभन्दा बढी यात्रु र सामान राखेर रातीसमेत उक्त सडकखण्डमा सवारी साधन गुड्ने गरेका कारण दुर्घटनाको जोखिम बढिरहेको जानकारहरु बताउँछन् । हरिवनको नारायण मार्गबाट क्यानेश्वरको क्वाटर बजारसम्म रहेको उक्त सडकखण्डको दुरी १३ किलोमिटर रहेको छ ।
Friday, November 1, 2013
घरदैलो गर्दै उम्मेद्वारहरु
घरदैलो गर्दै उम्मेद्वारहरु
सर्लाही समाचारदाता
हरिवन, कात्तिक १४ । संविधान सभा निर्वाचनका उम्मेद्वारहरु घरदैलोमा व्यस्त छन् । नजिकिदो चाडपर्वका कारण समय अभाव भएकाले पनि सबै उम्मेद्वारहरु एकसाथ घरदैलोमा व्यस्त बनेका हुन् ।
यसैक्रममा विहिबार नेपाली कांग्रेस क्षेत्र नं. १ की उम्मेद्वार शुशिला कार्कीले ईश्वरपुर गाविसमा घरदैलौ कार्यक्रम गरेकी छिन् । वडा नं. १, २ र ३ मा घरदैलो कार्यक्रम सम्पन्न भएको सो पार्टीले जनाएको छ । कार्यक्रममा महासमिती सदस्य बेनी बहादुर कार्की , क्षेत्रिय सभापती प्रमोद वराल, महादिवेशन प्रतिनिधी दिपक अधकारी , क्षेत्रिय सचिव रामनारायण सिंह, गाउँ सभापती बेचु प्रसाद तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै सद्भावना पार्टीका क्षेत्र नं. १ का उम्मेद्वार रुपनारायण सिंहले बेला गाविसका वडा नम्वर ३, ४, ५ र ६ मा घरदैलो कार्यक्रम गरेका छन् । त्यस्तै नेकपा एमालेका क्षेत्र नं. २ का उम्मेद्वार सुरेन्द्र लामाले हरिवनमा घरदैलो गरेका छन् । विभिन्न नेताकार्यकर्ताहरसँगै हरिवन क्षेत्रमा उम्मेद्वार लामाको लागि भोट मागिएको एमालेले जनाएको छ ।
त्यस्तै मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) का जिल्ला अध्यक्ष एवं क्षेत्र नं. ३ का उम्मेद्वार रामवली रायले धनगढामा घरदैलो गरेका छन् । ‘‘दुईदिनदेखि धनगढामा घरदैलो गरिहेको छु, अझै १–२ वार्ड बाँकी छ ।’’ उनले भने–‘‘मतदाताबाट अत्यन्त मायाँ पाईरहेको छु ।’’
त्यस्तै मधेशी जन अधिकार फोरम नेपालका जिल्ला अध्यक्ष एवं क्षेत्र नं. ५ का उम्मेद्वार अशोककुमार यादवले क्षेत्रमा घरदैलो जारी रहेको बताएका छन् । आफूलाई मतदाताबाट अत्यन्त सहानुभुती प्रकट गरिरहेको दावी गरे । ‘‘मेरो स्थिती अत्यन्त राम्रो बनेको छ ।’’ उनले भने ।

शरिरभरी गाँजा टाँसेका वृद्ध पक्राउ
शरिरभरी गाँजा टाँसेका वृद्ध पक्राउ
सर्लाही समाचारदाता
गोडैता, कात्तिक १४ । शरिरभरि गाँजाले बेरिएको अवस्थामा विहिबार एक वृद्ध पक्राउ परेका छन् ।
गोडैता प्रहरी चौकीको टोलीले चेकजाँचका क्रममा लक्ष्मीपुर सुखचैना गाविस–९ का ६५ वर्षिय निरसल सहनीलाई पक्राउ गरेको हो । साँढे ४ किलो गाँजा शरिरभरि बाँधिएको अवस्थामा सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।
साँझ साँढे ४ बजेतिर भारतीय मोटरसाईकलको पछाडी बसेर आईरहेका उनी भाग्दै गर्दा पक्राउ परेको बताईएको छ । मोटरसाईकल चालक भने भाग्न सफल भएको प्रवक्ता ओलीले बताए । ‘‘चेकजाँच गर्दै गरेको प्रहरी देखेपछि मोटरसाईकल छाडेर चालक भाग्न सफल भयो ।’’ ओलीले भने–‘‘सहनीचाँही शरिरभरि गाँजा बाँधिएकाले भाग्न नसकेपछि पक्राउ परे ।’’ मोटरसाईकल चालक नजिकैको उखुबारी भित्र छिरेर भाग्न सफल भएको प्रवक्ता ओलीले जनाए ।
प्रहरीले बीआर ५५–३४९१ नम्बरको रातो डिस्कभर मोटरसाईकल समेत बरामद् गरेको छ । घटनाबारे अनुसन्धान भईरहेको र फरार अभियुक्तको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निर्वाचनअघि तीनदिन सिमा क्षेत्र ‘सिल’
निर्वाचनअघि तीनदिन सिमा क्षेत्र ‘सिल’
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १४ । आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यान दिदै भारतीय सिमा क्षेत्र तीनदिन ‘सिल’ (आवत जावत बन्द) गरिने भएको छ ।
भारतको सितामाढीमा विहिबार सर्लाही सहित तीन जिल्ला र भारतीय सुरक्षा अधिकारीहरुबीच सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो । नेपालमा हुने संविधान सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै आगामी मंसिर २, ३ र ४ गते सिमा क्षेत्र पूरै बन्द गरिने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले बताए ।
बैठकले सिमा क्षेत्रमा हुने अपराधिक गतिविधि, हातहतियार ओसार पसार, लागूऔषध ओसारपसार लगायतमा दुवैतर्पmबाट कडाई गर्ने निर्णय समेत गरेको छ । अपराधिक गतिविधि नियन्त्रणका लागि दुवै सुरक्षा निकायबाट आवश्यक समन्वय गरेर अगाडी बढ्ने निर्णय भएको प्रजिअ घिमिरेले जानकारी दिए ।
खुला सिमाका कारण विशेषगरी भारतबाट हातहतियार र लागूऔषधको कारोबार हुनसक्नेतर्फ गम्भिर ढंगले कुरा उठाईएको प्रजिअ घिमिरेले बताए । ‘‘भारतीय पक्षबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।’’ प्रजिअ घिमिरेले भने–‘‘अपराधिक घटना नियन्त्रण एवं अपराधीहरु पक्राउ गर्नका लागि दुवैतर्फबाट उचित समन्वय गरेर अगाडी बढ्ने सहमति भएको छ ।’’ भारतमा अपराध गरेर नेपालतर्फ लुक्ने र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा लुक्ने गतिविधि नियन्त्रणतर्फ दुवै देशका सुरक्षा निकायले समन्वय गरेर अगाडी बढ्ने सहमति भएको प्रजिअ घिमिरेले बताए ।
प्रजिअ घिमिरेले भारतीय पक्षबाट निर्माण हुने भनिएका सडकहरु तोकिएकै समयभित्र निर्माण हुने अवस्था नरहेको र निर्वाचन अघी नै मर्मतको काम गर्ने दुई देशबीच माथिल्लो निकायमा सहमति भएपनि सो नभएको कुरा समेत बैठकमा उठाईएको बताए । ‘‘ठेकेदारले निर्माणको काम रोकेपछि मर्मतको काम गर्न सहमति भएपनि पूनः सो समेत रोकिएको कुरा राखेको थिएँ ।’’ प्रजिअ घिमिरेले सर्लाही दैनिकसँग भने–‘‘उहाँहरुले आÇनो तर्फबाट पनि भारतीय सरकारसमक्ष सडकको कुरा अगाडी बढाउने आश्वासन दिनु भएको छ ।’’
निर्वाचनको पूर्वसन्ध्यामा भारतीय सुरक्षा अधिकारीहरुसँग भएको बैठकले जिल्लाको सुरक्षा व्यवस्था लगायत विविध पक्षमा फलदाई हुने विश्वास प्रअिज घिमिरेले व्यक्त गरे । बैठकमा सितामाढी जिल्लाकी प्रमुख डा. प्रतिमाको नेतृत्वमा सुरक्षा अधिकारीहरु सहभागि रहेका थिए भने नेपालको तर्फबाट सर्लाही, महोत्तरी र रौतहटका प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा अधिकारीहरु सहभागि थिए । दिउँसो १ बजे सुरु भएको बैठक लिखित रुपमा उतार गर्ने लगायत कारणले दुईघण्टा भन्दा बढी चलेको थियो ।
बैठकमा जनकपुर अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शिव लामिछाने सहित सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, राष्ट्रिय अनुसन्धानका नायव उपरीक्षक माधव खतिवडा लगायतको सहभागिता रहेको थियो भने महोत्तरी र रौतहटबाट पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु उपस्थित रहेका थिए ।

चुरेभावरका उम्मेद्वारको निधन
चुरेभावरका उम्मेद्वारको निधन
सर्लाही समाचारदाता
हरिवन, कात्तिक १४ । दोश्रो संविधान सभाका निर्वाचनका लागि क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेद्वारको विहिबार विहान निधन भएको छ ।
चुरेभावर लोकतान्त्रिक पार्टीबाट उम्मेद्वारी दिएका थलराज वाग्ले (राजु) को विरगंज स्थित अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । हरिवन–४ निवासी पार्टीका केन्द्रिय सदस्य ३२ वर्षिय वाग्लेको मृत्यु बारे विभिन्न
अभिव्यक्ति आएको भएपनि स्पष्ट कारण बारे खुलेको छैन । चुरेभावर राष्ट्रिय एकता पार्टीको स्थापना कालदेखि नै सक्रिय वाग्लेको एक श्रीमती तथा पाँच र नौ वर्षिय दुई छोराहरु छन् ।
वाग्लेको निधन बारे आधिकारीक रुपमा कुनै जानकारी नआएको क्षेत्र नं. ३ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठका अनुसार वाग्लेको निधन पुष्टि सहित पार्टीले अर्काे उम्मेद्वार पठाउन सक्ने भएको उल्लेख गर्दै निर्वाचनको मिति भन्दा १५ दिन अघिको घटनाले निर्वाचन कार्यक्रम नसर्ने नियममा उल्लेख भएको बताए । श्रेष्ठले भने –‘निर्वाचन मितिको १५ दिन भन्दा कम समय हुँदा उम्मेद्वारको निधन भएमा सो क्षेत्रको निर्वाचन तालिका नै परिवर्तन हुने थियो ।
वाग्लेको स्थानमा पार्टीले अर्काे उम्मेद्वार नपठाउँदा भने उनको चुनाव चिन्ह झिकेर अर्काे मतपत्र छाप्नु पर्ने भएको श्रेष्ठले बताए ।

कांग्रेसको क्षेत्रीय सभा
कांग्रेसको क्षेत्रीय सभा
सर्लाही समाचारदाता
बबरगंज, कात्तिक १४ । नेपाली कांग्रेसले क्षेत्र नं. ४ को बबरगंजमा विहिबार क्षेत्रीय सभा भएको छ ।
सभालाई कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले सम्बोधन गरेका थिए । बबरगंज गाविस–१, बडकुड्वामा भएको सभामा क्षेत्र नं. ४ का उम्मेद्वार एवं जिल्ला सभापति लक्ष्मण राय, सचिव नविन अधिकारी, जिल्ला प्रचारप्रसार तथा अनुगमन एवं निरीक्षण समितिका संयोजक सत्यदेवसिंह थारु दनुवार, क्षेत्र नं. १ का अध्यक्ष प्रमोद बराल, तरुण दलका अध्यक्ष सूर्यनारायण राय, सिमाराम राय, विनोद साह, बद्रीनारायण चौधरी, विष्णुमणि घिमिरे लगायतले कांग्रेसमा मतदात गर्न आग्रह गरेका थिए। सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको गाउँ बबरगंजमा कांग्रेसले आÇनो संगठन बलियो बनेको बताए ।

ग्लोबल आईएमई बैंक लालबन्दीमा
ग्लोबल आईएमई बैंक लालबन्दीमा
सर्लाही समाचारदाता
लालबन्दी, कात्तिक १४ । ग्लोबल आईएमई बैंकको शाखा कार्यालय लाबन्दीमा विहिबार स्थापना भएको छ ।
बेमौसमी तरकारी खेती लगायत क्षेत्रमा लगानी गर्दै आर्थिक विकासमा टेवा पु¥याउने उद्धेश्यले शाखा स्थापना गरिएको बैंकले जनाएको छ । मुलुकमा लालबन्दी सहित ७२औं शाखा पुगेको बैंकले जनाएको छ ।
शाखा कार्यालयको उद्घाटन संचालक कृष्णबहादुर कुँवर र प्रमुख अतिथि सुरेन्द्र गोल्छाले संयुक्त रुपमा गरेका थिए भने एटिएमको उदघाटन रिवन काटेर उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बाबुकाजी प्रधानले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले लगायतले शुभकामनाका साथै बैंकको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै बैंकका शाखा प्रवन्धक देव प्रसाद श्रेष्ठले लकर, ईन्टरनेट, एटिएम लगायत विभिन्न सुविधा रहेको बताए ।

Subscribe to:
Posts (Atom)