यूवामुखि सचेतना तालिम
सर्लाही समाचारदाता
सासापुर, मङ्सिर १९ । सासापुरमा संचालन भएको गाविस स्तरिय यूवामुखि सचेतना तालिम बुधबार सम्पन्न भएको छ ।
यूएनडिपि एलआरपि को सहयोगमा तथा दिगो जडिवुटी, खेति विस्तार तथा अध्ययन केन्द्र सासापुरको आयोजनामा तालिम सञ्चालित थियो । तालिममा गाविस भित्रका ९ वटै वडाका यूवाहरुलाई लक्षित गरि फरक फरक ठाउँमा लैंगिक हिंसा, वैदेशिक रोजगार, एचआईभी एड्स तथा सामाजिक दण्ड न्यूनिकरण गर्ने विषयमा तालिम दिईएको हो ।
तालिमको सहजिकरण कार्यक्रम संयोजक पे्रमनाथ पौडेल तथा सहजकर्ता विद्या काफ्लेले गरेका थिए । सामाजिक सदभाव र शान्तिको लागि यूवा कार्यक्रम अन्र्तगत विगत ३ वर्ष देखि केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
Wednesday, December 4, 2013
लैङ्गिक हिंसा तालिम सम्पन्न
लैङ्गिक हिंसा तालिम सम्पन्न
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १९ । सदरमुकाम मलंगवामा बुधबार योजना तर्जुमा प्रजनन् स्वास्थ्य सार्वजनिक सेवा एवं लैङ्गिक हिंसा सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।
स्नातक तहमा अध्ययनरत ३० जना विद्यार्थीहरुको तालिममा सहभागिता रहेको थियो । जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका १० जना, बरहथवामा रहेको शुभजनता बहुमुखी क्याम्पसका १० जना र मलंगवाको सर्लाही क्याम्पसका १० जना छात्र छात्राहरुको तालिममा सहभागिता रहेको थियो । तालिममा सहभागि छात्रछात्राहरु लाई लैङ्गिक हिंसा तथा प्रचनन स्वास्थ्यको बारेमा प्रशिक्षण दिईएको आयोजकले जनाएको छ । तालिम मंसिर १७ गतेबाट शुरु भएको थियो ।

निर्वाचनका कारण अदालतमा मुद्धाको चाङ
निर्वाचनका कारण अदालतमा मुद्धाको चाङ
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १८ । जिल्ला न्यायाधिसहरु संविधान सभा निर्वाचन २०७० मा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको रुपमा खट्नु परेका कारण जिल्ला अदालतमा मुद्धाको चाङ लागेको छ । गत भदौ दोस्रो सातादेखि मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको जिम्मेवारी पाएका जिल्ला न्यायाधिसहरुले निर्वाचन अन्तर्गत मतगणना एवं निर्वाचन सामग्री बरबुझारथ् सम्पन्न भएपछि गत साताबाट मात्र फुर्सद पाएका थिए । ‘‘दैनिक ३० देखि ३५ वटा हाराहारीमा मुद्धा हेरिन्थ्यो, निर्वाचनमा खटिनु परेकाले पेशी चढ्ने कुनैपनि मुद्धा हेर्न भ्याईएन ।’’ एक नम्बर जिल्ला न्यायाधिस कृष्ण कमल अधिकारीले सर्लाही दैनिकसँग मंगलबार भने–‘‘त्यसैले अहिले मुद्धाको फैसला वा आदेशका लागि चाप बढेको छ ।’’
गत साउनमा सरुवा भएर आएका जिल्ला न्यायाधिस अधिकारी, मुरारीबाबु श्रेष्ठ, शंकरराज बराल र दलबहादुर केसीले भदौ दोस्रो साताबाटै क्रमशः मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको जिम्मेवारी पाएका थिए । त्यसयता फाट्टफुट्ट रुपमा केही दिन पेशी चढ्ने मुद्धा हेर्न भ्याईएको र असोज १५ गतेदेखि भने पेशी चढ्ने मुद्धाको कामकारवाही पुरै ठप्प भएको जिल्ला न्यायाधिश अधिकारीले बताए । ‘‘असोज १५ गते यता दैनिक कार्य सञ्चालन अवरोध नहुने खालका थुनछेक बहस, मिलापत्र, अधिकृत वारेस लगायत मात्र सुचारु भयो ।’’ न्यायाधिस अधिकारीले भने–‘‘गत आईतबारबाट मात्र पेशी चढ्ने मुद्धा हेर्न थालिएको छ ।’’
निर्वाचनको जिम्मेवारी सकिएलगतै अदालतका तीनजना न्यायाधिसहरु श्रेष्ठ, बराल र केसी घरविदामा गएका छन् । त्यसैले हाल एक नं. न्यायाधिश अधिकारीले मात्र दैनिक ८ देखि १० वटा मुद्धा हेरिरहेको अदालत प्रशासनले जनाएको छ ।
‘‘दुईमहिना भन्दा बढी समयदेखि मुद्धा फछ्र्यौट नहुँदा स्वभाविक रुपमा त्यसको चाप बढेको छ ।’’ न्यायाधिस अधिकारीले भने–‘‘अब अलि सकृयताका साथ कामकार्वाही अगाडी बढाएर सहज बनाउने प्रयासमा छौं ।’’ फैसला वा आदेश अभावमा दुईमहिना भन्दा बढी समयदेखि दर्ता भएर थन्किएका, त्यस अगाडी दर्ता भएका र नयाँ दर्ता हुने मुद्धाका कारण अदालतमा एकसाथ चाप बढेको मुद्धा फाँटका भरत घिमिरेले बताए । ‘‘श्रीमानहरु निर्वाचनमा खटिनु परेका कारण मुद्धा फछ्र्यौट नभएकाले अहिले चाप बढेको छ ।’’ घिमिरेले भने ।
अधिवक्ता शिवराम श्रेष्ठले न्यायाधिसहरु निर्वाचनमा खटिएका कारण अदालतमा मुद्धाको चाप बढेको र सेवाग्राहीहरु केही पीडित भएको बताए । ‘‘श्रीमान (न्यायाधिस) हरु निर्वाचनमा खटिँदा मुद्धा फछ्र्यौट भएन ।’’ अधिवक्ता श्रेष्ठले भने–‘‘मुद्धाका पक्षहरुले हामी वकिलहरुलाई पो ‘खै त अहिल्यै सम्म काम भएन’ भनेर गुनासो गरिरहेका छन् ।’’
दुईमहिनादेखि मुद्धा पेशी नचढ्दा दैनिक ३० देखि ३५ वटाका दरले विदाको समय कटाउँदा पनि ४५ दिनको कम्तिमा एकहजार तीनसय ५० वटा मुद्धा फछ्र्यौट हुन नसकेको देखिन्छ ।

अमरेशलाई शिक्षामन्त्रीको अग्रीम बधाई
अमरेशलाई शिक्षामन्त्रीको अग्रीम बधाई
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १८ । सदरमुकाम मलंगवामा मंगलबार अपरान्ह भएको एक कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सभासद् डा. अमरेश कुमार सिंहलाई आगामी सरकारमा शिक्षामन्त्रीको लागि अग्रीम बधाई दिईएको छ ।
नेपाल शिक्षक संघले सर्लाहीबाट कांग्रेसकोतर्फबाट निर्वाचित भएका दुईजना सभासद्को सम्मानमा आयोजित कार्यक्रमका वक्ताहरुले डा. सिंहलाई शिक्षा मन्त्री बन्न आग्रह गर्दै
त्यसका लागि अग्रीम बधाई समेत दिएका हुन् । ‘‘क्षेत्रको विकास निर्माणमा सकृय भएपछि उहाँले भर्खरै सम्पन्न भएको संविधान सभा निर्वाचनमा क्षेत्र नं. ६ बाट विजय हाँसिल गर्नुभयो ।’’ कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उमावि बलराका प्रअ रामकुमार शर्माले भने–‘‘अब जिल्ला सहित समग्र शिक्षा क्षेत्रको विकासका लागि उहाँले शिक्षा मन्त्री बन्नु पर्दछ र त्यसका लागि अग्रीम बधाई पनि दिन चाहन्छु ।’’
सम्मान थापेपछि सभासद् डा. सिंहले जिल्लाको शिक्षा, स्थानीय निकाय एवं स्वास्थ्य क्षेत्र सुधारका लागि पहल गर्ने र आफूले जितेको क्षेत्र सहित समग्र सर्लाहीको विकास निर्माणमा आफु सकृय रहने उद्घोष गरे । ‘‘कांग्रेसको नेतृत्वमा सरकार बनेपछि म मन्त्री भएपनि नभएपनि शिक्षा क्षेत्रको विकास र सुधार मात्र हैन सर्लाहीको समग्र विकासका लागि अहोरात्र लागि पर्नेछु ।’’ उनले प्रतिबद्धता जनाए–‘‘तपाईहरु सबैले सहयोग गर्नुस्, म मुख्य गरी शिक्षा, स्वास्थ्य र स्थानीय निकायको सुधार र विकास एवं सुधारमा कुनै कसर बाँकी राख्ने छैन ।’’
राष्ट्रिय राजनीतिमा सकृय देखिने सिंहले २०६४ को निर्वाचनमा सुन्यको अवस्थामा रहेको कांग्रेस २०७० सालमा २ क्षेत्रमा जीत हाँसिल गरेको उल्लेख गर्दै सबै नेता कार्यकर्ताहरुबीच एकरुपता र समन्वय भए आगामी निर्वाचनमा ६ वटै क्षेत्रमा कांग्रेसको चारतारे झण्डा फहराउने दावी गरे । कांग्रेस जिल्ला पार्टी कार्यालय मलंगवा प्राङ्गणमा आयोजित एक समारोहबीच क्षेत्र नं. ६ बाट निर्वाचित डा. अमरेस कुमार सिंह तथा क्षेत्र नं. २ बाट निर्वाचित रामचन्द्र चौधरीलाई सम्मान गरेको हो । संघका अध्यक्ष कौशल किशोर रायले दोसल्ला ओढाएर निर्वाचित सभासद्द्वयलाई सम्मान गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथी कांग्रेस जिल्ला सभापति लक्ष्मण राय, संघका उपाध्यक्ष यमनाथ उप्रेतीले माला लगाएर नवनिर्वाचित सभासद्द्वयलाई सम्मान गरेका थिए ।
संघका जिल्ला अध्यक्ष कौशल किशोर रायको सभापतित्वमा सञ्चालित कार्यक्रममा सहसचिव भाग्यनारायण मिश्रले स्वागत गरेका थिए । कार्यक्रममा संघकी महिला उपाध्यक्ष विश्वलक्ष्मी उप्रेती, उमावि बलराका प्रअ रामकुमार शर्मा, विद्यालय श्रोत व्यक्ति संमाज नेपालका केन्द्रिय अध्यक्ष नरेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै क्षेत्र नं. २ बाट निर्वाचित सभासद् चौधरीले आफूलाई निर्वाचित हुनका लागि सहयोग गर्ने एवं सम्मान गर्ने आयोजकलाई समेत धन्यवाद दिदै आफु संविधान निर्माणका लागि सक्रिय रहने बताए ।
कार्यक्रममा विभिन्न वक्ताहरुले सिंहलाइ क्रान्तिकारी र चौधरीलाई गान्धीवादीको रुपमा चित्रण गरेका थिए ।

थकान मेट्दै कार्यालय प्रमुख
थकान मेट्दै कार्यालय प्रमुख
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १८ । संविधान सभा निर्वाचन सकिए लगतै जिल्ला स्थित अधिकांश सरकारी कार्यालयका प्रमुखहरु विदामा बसेका छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरे, स्थानीय विकास अधिकारी उमेश बस्नेत, प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक भन्सार प्रमुख टिकाराम भुषाल,मालपोत प्रमुख दिर्घनारायण पौडेल, डिभिजन सहकारी प्रमुख रामलक्षण राय लगायतका बढी सरकारी अधिकारीहरु हाल विदामा रहेका छन् । सम्बन्धित कार्यालयका कर्मचारीका अनुसार निर्वाचनअघि लामो समयदेखि विदा नपाएको र निर्वाचन सम्पन्न गर्ने क्रममा अत्यन्त बढी खट्नु पर्दा थकान मेट्नका लागि भन्दै उनीहरु विदामा बसेका हुन् ।
त्यस्तै जिल्ला अदालतका न्यायाधिशहरु मुरारीबाबु श्रेष्ठ, शंंकरराज बराल र दलबहादुर केसी पनि विदामा बसेका छन् । ‘‘निर्वाचनका क्रममा ज्यादै खट्नु परेकाले सो थकान मेट्नका लागि सरकारी अधिकारीहरु विदामा जानु भएको हो ।’’ एक कर्मचारीले भने–‘‘निर्वाचनको खटानका कारण आईपरेको थकान मेट्न कार्यालयका प्रमुख सहित कर्मचारीहरुबीच पालैपालो विदामा जाने व्यवहारिक सहमति भएको छ, उहाँहरु आएपछि हामी विदामा जान्छौं ।’’

Monday, December 2, 2013
किन हारे तीन राष्ट्रिय अध्यक्षले ?
किन हारे तीन राष्ट्रिय अध्यक्षले ?
–टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
हरिवन, मङ्सिर १७ । भर्खरै सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा सर्लाहीका विभिन्न क्षेत्रबाट उम्मेद्वारी दिएका तीनवटा दलका राष्ट्रिय अध्यक्षहरुले पराजय व्यहोरेका छन् । यसअघि जितेका १ जना तथा राम्रो जनाधार एवं पार्टीको राम्रो पकड भएको ठानिएको क्षेत्रमा दुईजना राष्ट्रिय अध्यक्षले हार व्योहर्न बाध्य बने । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अकल्पनीय ढंगले हार व्यहोर्नु प¥यो । आफू उम्मेद्वार भएको क्षेत्र अनि मुलुकमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा चिर परिचितको छवी बनाएका र राष्ट्रिय राजनीतिका हस्तीहरुले पराजयको सामना गर्नुपर्दा राष्ट्रिय स्तरमै चर्चाको विषय बनिरहेको छ । किन हार व्यहोर्नु प¥यो त यस्ता हस्तीहरुले ? अहिले पराजीत अध्यक्षहरुको दलका नेता कार्यकर्ता अनि आम सर्वसाधारणबीच चासोको विषय बनेको छ । क्षेत्रको स्थलगत भ्रमणका क्रममा भेटिएका स्थानिय अधिकांशले सामान्य मतदातासँग सामिप्यता नहुने र स–साना विषयमा पनि विपक्षीबाट आईपर्ने चुनौतीको सामनामा संरक्षण नहुने भएकाले राष्ट्रिय अध्यक्षहरुले हार्नुपरेको प्रमुख कारण बताउँछन् । नागरिक समाजका अगूवा उग्रकान्त झा पनि सचेत समुदायको बाहुल्यता नभएसम्म राष्ट्रिय स्तरका व्यक्तित्वहरुले नाम र ओझले मात्रै विजयी हुन गाह्रो पर्ने बताउँछन् । ‘‘सामान्य मतदातालाई राष्ट्रिय स्तरको व्यक्तित्व वा उसले दिन सक्ने ठूला खालका योगदानको बारेमा मतलब नै हुँदैन, उनीहरु त आफूले जे भन्न पनि मिल्ने, जहाँ बोेलाउँदा पनि आउने, स–साना समस्या आईपर्दा पनि संरक्षणमा सरिक हुने नेता खोज्छन्, जुन् अपेक्षा राष्ट्रिय अध्यक्षहरुबाट पुरा हुन सक्दैन ।’’ झाले सर्लाही दैनिकसँग भने–‘‘राष्ट्रिय अध्यक्षहरुले हार्नुमा मुख्य कारण यही हो, अन्य विविध कारणहरु पनि चर्चामा आएका छन् ।’’
मुलुकव्यापी रुपमा आÇना उम्मेद्वारलाई विजयी बनाउदै दोस्रो ठूलो दलको स्थान बनाएको नेकपा एमालेका अध्यक्ष खनाल स्वयंले चाँही सर्लाही क्षेत्र नं. १ बाट हार व्यहोरे । इलामबाट नजितेको भएत उनको लागि संविधान सभाको ढोका नै बन्द हुने रहेछ । लामो समय कांग्रेसको राजनीति गरेर निर्वाचनको पूर्वसन्ध्यामा एकिकृत नेकपा माओवादी प्रवेश गरी उम्मेद्वारको रुपमा खडा भएका शम्भुलाल श्रेष्ठसँग एमाले अध्यक्ष खनालले ६ सय ८५ मतान्तरले हार व्यहोर्नु प¥यो ।
२०६४ को निर्वाचनमा एमालेका प्रकाश पाख्रीन विजयी भएको क्षेत्रमा एमाओवादीका श्रेष्ठले ९ हजार ४ सय ६७ मत ल्याएर सोही दलका राष्ट्रिय अध्यक्ष खनाललाई नै पराजीत गरे । एमालेले सुरक्षित क्षेत्र ठानेर राष्ट्रिय अध्यक्ष खनाललाई त्यहाँ उम्मेद्वार बनाएको थियो । खनाल हार्नुमा घरदैलो कार्यक्रमहरुमा उनीद्वारा देखाईएको शालिनता, औपचारिकता लगायत कारणहरुले समेत भूमिका निर्वाह गरेको नेकपा एमालेका पूर्व जिल्ला संयोजक रेवती पन्तले बताए । ‘‘अध्यक्ष ज्यू मतदातासँग नजिकबाट घुलमिल हुन नसक्नु भएको र आम मतदाताले पनि राष्ट्रिय स्तरका व्यक्तित्व भएकाले उहाँसग नजिकबाट घुलमिल हुने आँट नै गर्न सकेनन् ।’’ पन्तले भने–‘‘विपक्षी उम्मेद्वारबाट अपनाईएको साम–दाम–दण्ड–भेद जस्ता नीतिका अगाडी अध्यक्षज्यूको शालिनता अनि भद्रताका कारण हार व्यहोर्न बाध्य भयौं ।’’
स्थानीय रुपमा लोकप्रिय र सहज पहुँचमा रहेका कारण पनि एमाओवादी उम्मेद्वार श्रेष्ठलाई मतदाताले रोजेको केही स्वतन्त्र विश्लेषकहरु बताउँछन् । एक जानकारका अनुसार श्रेष्ठलाई कांग्रेसका केही कार्यकर्ता सहितका समर्थहरुले समेत मत दिएका थिए । अध्यक्ष खनालले आÇनो हारको कारण छानवीन गर्न पार्टीको अञ्चल, जिल्ला र क्षेत्रीय नेतृत्वलाई निर्देशन समेत दिइसकेका छन् ।
त्यस्तै क्षेत्र नं. ६ मा उम्मेद्वारी दिएका तमलोपाका अध्यक्ष ठाकुरले पनि दोस्रो पटक उक्त क्षेत्रबाट हार व्यहोर्नु परेको छ । उक्त क्षेत्रबाट नेपाली कांग्रेसका नेता डा. अमरेस कुमार सिंहले जित हाँसिल गरे । सिंहले १७ हजार ४ सय मत ल्याएर विजयी हुँदा अध्यक्ष ठाकुरले भने तेस्रो स्थानमा रही ७ हजार ३२ मतमा मत्र चित्त बुझाउनु प¥यो । यसअघि सोही क्षेत्रबाट मधेशी जन अधिकार फोरम नेपालबाट विजयी भएका र हाल तराई मधेश सद्भावना पार्टी नेपालका उम्मेद्वार शिवपुजन राय १० हजार ३ सय ६५ मत ल्याएर दोस्रो स्थानमा झरे ।
जानकारहरुका अनुसार अचेल स–साना घटनामा प्रहरी प्रशासनको फन्दामा परिए भोट दिएका उम्मेद्वार वा सम्बन्धित दलले आÇनो पक्षमा बोलिदिने वा प्रहरी प्रशासन प्रमुखलाई फोन मार्फत भनिदिने आशा आम मतादाताले गरेका हुन्छन् । तर राष्ट्रिय अध्यक्ष ठाकुरसँग सामान्य मतदाताको सहज पहुँच नहुने गरेको गुनासो धेरै पहिलादेखि चल्दै आएको हो । ‘‘विभिन्न घटनामा फसेका हाम्रा कार्यकर्ता वा समर्थकलाई संरक्षण दिनका लागि प्रहरी प्रशासनमा फोन गरिदिनु प¥यो भनेर ठाकुरजीलाई भन्यो भने ‘यो त प्रहरी प्रशासनले हेरिहाल्छ नी, हाम्रो काम हैन’ भन्नुहुन्छ ।’’ तमलोपाका एक कार्यकर्ताले भने–‘‘कार्यकर्तादेखि समर्थकहरु सबैले सम्मानका साथ नमस्कार ग¥यो भने, त्यसको आदर समेत गर्दैनन्, अनि सामान्य कार्यकर्ता समर्थक टाढिदै जान्छन्, अचेल त निष्ठा र भद्र एवं शालिन राजनीति गरेर चुनाव जित्नै सकिदैन ।’’
उक्त क्षेत्रमा विजयी भएका कांग्रेस नेता सिंहले भने आÇना कार्यकर्ता अनि समर्थकका लागि जहाँसुकै फोन गर्ने, चासो देखाउने र विकास निर्माणमा समेत सकृय बन्दै गएका कारण पनि राष्ट्रिय अध्यक्ष ठाकुरबाट मतदाता टाढिदै गएको तमलोपाका कार्यकर्ताहरु नै अनौपचारिक कुराकानीमा स्वीकार गर्छन् । गत निर्वाचनका विजयी तमसपा नेपालका राय आफै पासपोर्ट काण्ड लगायतका कारण प्रहरी प्रशासनको चंगुलमा परेकाले उनीभन्दा राष्ट्रिय राजनीति एवं प्रहरी प्रशासनको उपल्लो तहमा समेत पहुँच देखाईरहेका कांग्रेसका सिंहबाट संरक्षण हुने बुझाई सामान्य मतदातामा बढ्दै गएको देखिन्छ ।
त्यस्तै २०६४ सालको निर्वाचनमा मुख्य प्रतिस्पर्धीभन्दा फराकिलो अन्तरले विजयी सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पनि क्षेत्र नं. ४ बाट पराजयको नमिठो चाख व्यहोरे । उनलाई चुनौति दिदै खडा भएका तराई मधेश सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले २ हजार ३ सय २१ मतान्तरले पराजीत गरे । तमसपा नेपालका अध्यक्ष यादवले ११ हजार ५ सय ३४ मत ल्याएर विजयीको पगरी गुथे ।
विशेषगरी गाउँ–गाउँमा हिड्ने क्रममा सामान्य मतदाताको घरमा पनि सुतिदिने, जहाँ जे पाईन्छ सोही खाने र आÇना नेता कार्यकता अनि समर्थकका लागि लडिभिडी गर्ने गुणका कारण तमसपा नेपालका अध्यक्ष यादवको लोकप्रीयता बढेको सो क्षेत्रका अधिकांश जानकारहरु बताउँछन् । केही समय पहिला उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष रंगलाल अग्रवालको शंकास्पद् मृत्युको घटनामा उनी स्वयं लामो समयसम्म जिल्लामै रहेर छानवीन गर्न दिएको दवाव, एउटा बलियो प्रमाणको रुपमा बुभ्mन सकिन्छ । तमसपा अध्यक्ष यादवका यस्ता गुणहरुको कारणहरुले गर्दा पनि विगतमा मुख्य प्रतिस्पर्धी उम्मेद्वार भन्दा झण्डै दोब्बर मतान्तरले विजयी भएका सद्भावना अध्यक्ष महतोले नमिठो पराजय व्यहोनु प¥यो । तर सद्भावना अध्यक्ष महतोसँग भने तमसपा अध्यक्ष यादवको ठिक विपरित गुणहरु रहेको गत निर्वाचन यता आम मतदाताले महसुस गरे । सद्भावना अध्यक्ष महतोसँग उनकै पार्टीका सामान्य कार्यकर्ता अनि आम मतदाताको पहुँच सहज नभएको र कुनै घटनामा आग्रह गरिहाले पनि संरक्षणका लागि उचित चासो नदिने गरेको गुनासो बढेको देखिन्छ । महतोसँग नजिक अधिकांश जिल्ला स्तरमा चर्चित नेता कार्यकर्ताले यो चुनावमा सद्भावना छाडेर तमसपा नेपाल प्रवेश गरे, जसले गर्दा उनको हारमा केही मलजल ग¥यो ।
समग्रमा भन्दा सामान्य मतदाता आफुसँग सामिप्यता देखाउने, आवश्यक पर्दा संरक्षण गर्न अग्रसर हुने अनि विकास निर्माणमा सकृयता देखाउने उम्मेद्वार रोज्न थालेको यो चुनावको परिणामले स्पष्ट रुपमा कोरेको नक्शा हो । हार व्यहोरेका दलका नेता कार्यकर्ता अनि कतिपय उम्मेद्वार स्वयंले पनि निर्वाचनका क्रममा विजयी उम्मेद्वारले धाँधली गरेको समेत दावी गरिरहेका छन् । तर त्यसको स्वतन्त्र रुपले पुष्टी हुन सकेको छैन ।

महिला हिंसा कम गर्न सडक नाटक देखाईयो
महिला हिंसा कम गर्न सडक नाटक देखाईयो
–लालबाबु यादव÷सर्लाही दैनिक
मलंगवा, मङ्सिर १७ । महिला हिंसा विरुद्धको अभियान अन्र्तगत सोमबार सदरमुकाम मलंगवामा सडक नाटक प्रदर्शन गरिएको छ ।
‘घर शान्ति नै विश्व शान्तिको आधारः शैक्षिकवादको चुनौती प्रतिवाद गरि महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ मलंगवा स्थित जिविस चोकमा सडक नाटक प्रदर्शन गरिएको हो । महिला तथा बालबालिका माथि भईरहेको दाईजोप्रथा, बोक्सी, कुलक्षण, यौन दुर्वव्यवहार जस्ता हिंसा विरुद्धको न्यूनिकरण गर्नका लागि नाटक प्रदर्शन गरिएको आयोजकले जनाएका छन् ।
जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय सर्लाहीको आयोजना तथा युएनडीपी शान्तिका लागि जिविकोपार्जन परियोजना जनकपुरको सहयोगमा जनचेतना अभियान नेपालले चेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो ।
महिलाहरूमाथि भइरहेको विभिन्न किसिमका यातना, बालविवाहलगायत अन्य शोषणलाई प्राथमिकतामा राखेर जनचेतना फैलाउने उद्देश्यका साथ सडक नाटक प्रदर्शन गरिएको जनचेतना अभियान नेपालका सुनिल यादवले जानकारी दिए ।
अभियान अन्र्तगत सोमबार मलंगवा सहित भाँडसर, लक्ष्मीपुर सु. लगायत गाउँहरुमा समेत नाटक प्रदर्शन गरिएको थियो । हाल महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा कार्यक्रमहरु भईरहेका छन् ।

Subscribe to:
Posts (Atom)