हरिवन उमाविमा मास्के
सर्लाही समाचारदाता
हरिवन, माघ १० । हरिवन गाविस–२ स्थित महादेव जनता उमाविको शुक्रबार भएको अभिभावक भेलाले घनश्याम मास्केको अध्यक्षतामा नौ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।
सर्वसम्मत रुपमा चयन गरिएको समितिमा क्रमशः मोहन श्रेष्ठ, प्रकाशप्रसाद पौडेल, केदार खड्का, श्याम कार्की, कमलविक्रम कार्की र गिता चालिसे सदस्य रहेका छन् । त्यसैगरी शिक्षक प्रतिनिधिबाट माधव सरकार सदस्य एवं विद्यालयका निमित्त प्रधानाध्यापक जयशंकर सिंह सदस्य सचिव रहेका छन् ।
Friday, January 24, 2014
ट्रान्सफर्मर बिग्रिएपछि गाँउनै अन्धकार
ट्रान्सफर्मर बिग्रिएपछि गाँउनै अन्धकार
सर्लाही समाचारदाता
भक्तिपुर, माघ १० । भक्तिपुर–७ स्थित शंकर चोकमा रहेको एकसय केभिको ट्रान्सफर्मर ४ दिन देखी विग्रिएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।
विद्युत अवरुद्ध हुँदा कुटान पिसान मिल सञ्चालन गर्न, मोवाईल चार्ज गर्न लगायतका कार्यमा समस्या भएको हो ।
विद्युत मर्मतका लागी प्राधिकरण लाई पटक पटक जानकारी गराएको भएपनि कुनै वास्ता नगरेको स्थानीय सन्तोष आर्चायले गुनासो गरे । विद्युत अवरुद्ध हुँदा स्थानीय तीनसय भन्दा बढी घर धुरी अन्धकारमा बस्न बाध्य अर्चायको भनाई छ ।

Thursday, January 23, 2014
डेढसय बढी सहकारी खारेजीमा पर्ने
डेढसय बढी सहकारी खारेजीमा पर्ने
सर्लाही समाचारदाता
मलंगवा, माघ ०८ । डिभिजन सहकारी कार्यालय मलंगवाले दर्ता भई सर्लाहीमा कायम रहेका तर निष्कृय रहेका सहकारी संस्थाहरुको दर्ता खारेज प्रकृया अगाडी बढाएको छ । जिल्लामा हाल आठसय ६ वटा सहकारी संस्थाहरु कायम छन् । जसमध्ये एकसय ५० वटा भन्दाबढी सहकारी संस्थाहरु खारेजीमा पर्ने डिभिजन सहकारी कार्यालयले जनाएको छ । हालसम्म सर्लाहीमा आठसय ९५ वटा विभिन्न सहकारी संस्थाहरु दर्ता भएकामा ८९ वटा सहकारी संस्थाहरुको दर्ता भने गतवर्ष नै खारेजी भईसकेको छ ।
सहकारी विभागबाट निष्कृय सहकारी संस्थाको दर्ता खारेजी प्रकृया अगाडी बढाउन परिपत्र आएको र सोही अनुसार कार्वाही अगाडी बढाईएको डिभिजन सहकारी कार्यालय मलंगवाका प्रमुख रामलक्ष्ण रायले बताए । ‘‘नियमित मासिक प्रतिवेदन नबुझाउने, वार्षिक लेखापरिक्षण प्रतिवेदन नबुझाउने गरेका सहकारी संस्थाहरुलाई खारेज गरिनेछ ।’’ रायले भने– ‘‘गाउँघरमा राम्रैसँग चलिरहेका तर डिभिजन सहकारी कार्यालयमा नियमित प्रतिवेदनहरु नबुझाउने संस्था पनि कार्वाहीमा पर्नेछन् ।’’
एकदुईदिन भित्रै कार्यालयबाट अनुगमनका लागि दुईजनाको टोली गाउँ–गाउँमा खटिने र त्यसको प्रतिवेदनका आधारमा खारेजी प्रकृया अगाडी बढाईने रायले जानकारी दिए । ‘‘हालसम्मको प्रारम्भिक जानकारी अनुसार एकसय ५० वटा भन्दा बढी सहकारी संस्थाहरु खारेजीमा पर्ने देखिएको छ ।’’ उनले भने–‘‘अनुगमन टोलीले गाउँ–गाउँमा गएर बुझेपछि पेश गर्ने प्रतिवेदनबाट केही तलमाथि पनि हुनसक्छ ।’’ नियमित संचालनमा रहेका तर कार्यालयमा प्रतिवेदन नबुझाउने गरेको सहकारीहरुलाई भने अन्तिम पटक मौका दिईने र केही दिनभित्र प्रतिवेदन नबुझाए डेढसय.........
त्यस्ता सहकारी संस्थाहरुलाई पनि खारेजी प्रकृया अगाडी बढाईने प्रमुख रायले बताए ।
अनुगमन पश्चात आगामी चैत मसान्त भित्र खारेजीको सूचना प्रकाशित गर्ने र असार मसान्त भित्र त्यस्ता सहकारी संस्थालाई खारेज गर्ने डिभिजन सहकारी कार्यालयले जनाएको छ । विशेषगरी दुग्ध उत्पादन सहकारी संस्थाहरु निष्कृय देखिएको रायले बताए । ‘‘दुग्ध उत्पादन सहकारी संस्थाहरु बढी संख्यामा निष्कृय देखिएका छन् ।’’ उनले भने–‘‘बचत तथा ऋण सहित अन्य केही सहकारी संस्थाहरु पनि निष्कृय नै देखिएका छन् ।’’ विभिन्न दातृ निकायबाट रकम भित्र्याउनैका लागि भनेर सहकारी संस्था दर्ता गर्ने तर नियमित संचालन नगर्ने एवं कार्यालयमा नियमित प्रतिवेदन पेश नगर्ने प्रचलन बढेकाले खारेजी प्रकृया अगाडी बढाईएको डिभिजन प्रमुख रायले बताए । रायका अनुसार सहकारी संस्थाहरुले हरेक महिनाको ७ गते भित्र मासिक प्रतिवेदन र साधारण सभा सम्पन्न गरि वार्षिक लेखापरिक्षण प्रतिवेदन वर्षको एकपटक पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
जिल्ला स्थित बहादुरपुर गाविस बाहेक ९८ वटा गाविस र मलंगवा नगरपलिकामा हाल आठसय ६ वटा विभिन्न सहकारी संस्था कायम छन् । जसमा बचत तथा ऋण सहकारी संस्था दुईसय ४५, कृषि सहकारी एकसय ८३, दुग्ध उत्पादक सहकारी एकसय ५२, सानाकिसान कृषि सहकारी ६६, बहुउद्देशिय सहकारी ६१, उपभोक्ता सहकारी ५० र बाँकी विद्युत, संचार लगायत अन्य सहकारी संस्था रहका छन् ।

आज विद्युत अवरुद्ध हुने
आज विद्युत अवरुद्ध हुने
सर्लाही समाचारदाता
लालबन्दी, माघ ०९ । लालबन्दी फिडर (जिल्लाका उत्तरी क्षेत्र) अन्र्तगतका गाविसहरुका शुक्रवारदिनभर विद्युत लाईन अवरुद्ध हुने भएको छ ।
नवलपुर–मलंगवा सडक खण्डमा विद्युतपोल सार्ने कामका लागी विद्युत अवरुद्ध गर्नु परेको प्राविधिक प्रशाखाका लालबन्दीले जनाएको छ । कार्यालयका अनुसार शुक्रवार बिहान ६ बजेदेखी साँझ ६ बजे सम्म लाईन नआउने भएको हो ।
साँझ पछि पुन लोडसेडिङ् तालिका अनुसार विद्युत लाईन वितरण गरिने प्राधिकरण जनाएको छ । नवलपुर मलंगवा सडक खण्डमा मंसिर महिना देखी नै सडक छेउका पोल सार्ने काम गरिरहेको र प्राधिकरणले माघ महिना भित्र नै काम सकिसक्नु पर्ने जिम्मा पाएको भएपनि स्थानीयको बिरोध र सामाग्रीको अभावमा काम सुस्त गतिमा भईरहेको जनाइएको छ ।

चारदिनदेखि ठप्प भन्सार खुल्यो
चारदिनदेखि ठप्प भन्सार खुल्यो
सर्लाही समाचारदाता
मलंगवा, माघ ०९ । कार्यालय प्रमुख टिकाराम भुसालमाथि कुटपीट भएको विरोधमा कर्मचारीहरुले काम नगरेपछि ४ दिनदेखि ठप्प सर्लाही भन्सार कार्यालय विहिबार साँझबाट सुचारु भएको छ ।
भन्सार प्रमुख भुसालमाथि कुटपीट गर्ने दोषिहरुलाई यथाशिघ्र पक्राउ गरी कार्वाही गर्ने, कुटपीट हुँदा भन्सार कार्यालयमा ड्यूटीमा रहेका सुरक्षाकर्मीहरुलाई कार्वाही गर्ने लगायतमा स्थानीय प्रहरी प्रशासनले प्रतिबद्धता जनाएपछि भन्सारको कामकार्वाही सुचारु गरिएको बताईएको छ ।
भन्सार प्रमुख भुसाल, अर्थमन्त्री शंकर कोइराला, अर्थ सचिव, भन्सार विभागका महानिर्देशक, गृह सचिव लगायतको विहिबार काठमाण्डौमा भएको छलफल पछि ठप्प रहेको भन्सार खुलाउने सहमति गरिएको हो । काठमाण्डौमा भएको छलफलमा विभिन्न कर्मचारी संगठनका नेताहरुको समेत सहभागिता रहेको थियो ।
‘‘जनताले दुःख पाउने अवस्था नआओस् र दोषिहरुमाथि कार्वाही होस् भन्ने अभिप्रायका साथ भन्सारको काम कार्वाही सुचारु गर्ने निर्णय भएको छ ।’’ भन्सार प्रमुख भुसालले भने–‘‘१५ दिननभित्र दोषिहरु पक्राउ नपरेमा पूनः आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने गरी हाललाई काम कार्वाही सुचारु गर्ने निर्णय भएको हो ।’’ भन्सार प्रमुख भुसालले अर्थ मन्त्री, सचिव एवं गृह मन्त्रालयका सचिव सहित भन्सार विभागका महानिर्देशक एवं सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट घटनाबारे गम्भिर ढंगले कार्वाही प्रकृया अगाडी बढाईएको प्रतिबद्धता आएपछि १५ दिनसम्मका लागि कार्यालयका कामकार्वाही सुचारु गर्ने निर्णय भएको बताए ।
४ दिनदेखि भारतबाट सामान बोकेर नेपाल भित्रिने क्रममा सिमा क्षेत्रमै रोकिएर बसेका मालबाहक सवारी साधनहरु विहिबार साँझ ४ बजेबाट भन्सार सुचारु भएसँगै भित्रिएका छन् । १० वटा कोईला बोकेका ट्रक, आलु बोकेका २ वटा र माछा बोकेका २ वटा ट्रकहरु नेपालतर्फ भित्रिएका हुन् । त्यसबाट ३ लाख ५० हजार भन्दाबढी राजश्व संकलन भएको समेत भन्सार कार्यालयले जनायो ।
कार्यकक्षमा बसिरहेको अवस्थामा सोमबार दिउँसो १ बजे १८÷२० जनाको समूहले भन्सार प्रमुख भुसालमाथि हातपात सहित दुव्र्यवहार गरेको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएका थिए । कार्यालय प्रमुखमाथि हातपात गर्ने दोषिमाथि कार्वाह नभएसम्म अनिश्चितकालका लागि काम बन्द गरिएको सूचना कार्यालयको मूलगेटमा टाँस गरेर भन्सारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।
आईतबार राति जिल्ला भन्सार कार्यालयको गस्ति टोलीले त्रिभुवन नगर स्थीत छोटी भन्सार ईलाकाबाट लुकाई छिपाई नेपाल भित्र्याईदै गरेको ४ पोका कपडा पक्राउ गरेको थियो । उक्त पोकाहरु छाड्नका लागि दवाव दिन आएको समुहले भुसालमाथि दुव्र्यबहार गर्नुको साथै कुटपिट समेत गरेको बताईएको छ । कुटपीटमा अवैध ढंगले भारतबाट सामानहरु भित्र्याउने ‘तस्कर’ हरुकै समूह रहेको भन्सारका कर्मचारीहरु बताउँछन् ।

हरिवनका सईले अवकाश पाए
हरिवनका सईले अवकाश पाए
सर्लाही समाचारदाता
हरिवन, माघ ०९ । इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सन्तोष बुढाथोकीले अवकाश पाएका छन् ।
विहिबार अपरान्ह इलाका प्रहरी कार्यालय हरिवनमा सई बुढाथोकीलार्य एक समारोहबीच विदाई गरिएको छ । इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक शंकरसिंह रावल, हरिवन गाविसका सचिव राजकुमार थापा, हरिवनका युवा व्यापारी मोहन श्रेष्ठ लगायतले नायव निरीक्षक बुढाथोकीलाई विदाई गरेका थिए । प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधीका कारण बुढाथोकीले अवकाश पाएका हुन् । महोत्तरीका वर्दिबास निवासी बुढाथोकी २०६५ सालदेखि इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत रहेका थिए ।

आगलागीबाट तीन लाखको क्षति
आगलागीबाट तीन लाखको क्षति
सर्लाही समाचारदाता
खुटौना, माघ ०९ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खुटौना गाविसको एक घरमा आगलागी हुँदा तीनलाख रुपैयाँ बराबरको धनमाल डढेर नस्ट भएको छ ।
खुटौना–७ का ताकिर मियाँ मिकरानीको घरमा आगलागी हुँदा तीनलाख बराबरको क्षति भएको बताइएको छ ।
बुधवार राती अचानक आगलागी हुँदा मिकरानीको घर र घर भित्र रहेको लत्ता कपडा, खाद्यन्न र चारवटा खसी जलेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आगालागी स्थानीय र खुटौनी प्रहरी चौकीको सहयोगमा आधा घण्टा पछि नियन्त्रणमा लिईएको छ ।
आगालागीको कारण खुल्न नसकेपनि घुर बाट आगलागी भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

Subscribe to:
Posts (Atom)