Thursday, January 23, 2014

हरिवनका सईले अवकाश पाए

हरिवनका सईले अवकाश पाए
सर्लाही समाचारदाता
हरिवन, माघ ०९ । इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सन्तोष बुढाथोकीले अवकाश पाएका छन् ।
विहिबार अपरान्ह इलाका प्रहरी कार्यालय हरिवनमा सई बुढाथोकीलार्य एक समारोहबीच विदाई गरिएको छ । इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक शंकरसिंह रावल, हरिवन गाविसका सचिव राजकुमार थापा, हरिवनका युवा व्यापारी मोहन श्रेष्ठ लगायतले नायव निरीक्षक बुढाथोकीलाई विदाई गरेका थिए । प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधीका कारण बुढाथोकीले अवकाश पाएका हुन् । महोत्तरीका वर्दिबास निवासी बुढाथोकी २०६५ सालदेखि इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत रहेका थिए ।

आगलागीबाट तीन लाखको क्षति

आगलागीबाट तीन लाखको क्षति
सर्लाही समाचारदाता
खुटौना, माघ ०९ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खुटौना गाविसको एक घरमा आगलागी हुँदा तीनलाख रुपैयाँ बराबरको धनमाल डढेर नस्ट भएको छ ।
खुटौना–७ का ताकिर मियाँ मिकरानीको घरमा आगलागी हुँदा तीनलाख बराबरको क्षति भएको बताइएको छ ।
बुधवार राती अचानक आगलागी हुँदा मिकरानीको घर र घर भित्र रहेको लत्ता कपडा, खाद्यन्न  र चारवटा खसी जलेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आगालागी स्थानीय र खुटौनी प्रहरी चौकीको सहयोगमा आधा घण्टा पछि नियन्त्रणमा लिईएको छ ।
आगालागीको कारण खुल्न नसकेपनि घुर बाट आगलागी भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

कर्मैयामा बेसौमी तरकारी तालिम

कर्मैयामा बेसौमी तरकारी तालिम
सर्लाही समाचारदाता
कर्मैया, माघ ०९ ।
कर्मैया गाविसका महिलाहरुलाई बेसौम तरकारी गर्ने तरिकाको बारेमा प्रशिक्षण दिइएको छ ।
विषादी प्रयोगबिनै तरकारी उत्पादन गरी आत्मनिर्भर बनाउने उद्धेश्यका साथ गाविसका ९ वटै वडाका महिलाहरुलाई तालिम दिईएको हो । खाद्यन्न तथा तरकारी बाली व्यवस्थापन सम्वन्धी पाँच दिने तालिम मार्फत तरकारी खेती गर्न सिकाईएको गाविस कार्यालयले जनाएको छ ।
गाविस कार्यालयबाट महिलाहरुको क्षेत्रमा विनियोजित रकमबाट महिला कृषक समुहले तालिमको आयोजना गरेको थियो । तालिममा गाविस भित्रका सम्पुर्ण वडाका २७ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहाभागीहरुलाई सिताराम चालिसेले तरकारी खेतीको बारेमा प्रशिक्षण दिएका थिए ।
महिला समुहका भगवती रानाभाटको सभापत्तित्व तथा गाविस सचिव कमलप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँगे्रसका दिपक रानाभाट, रमेशराज काफ्ले, एमाओेवादी का भरत थापा र बिनिता दाहाल, एमालेबाट काजिराम कुशवारको उपस्थितीमा स्म्पन्न तालिममा सहभागी महिलाहरु गंगा सापकोटा, ज्योति प्रधान, मुना लायो लगायतले सिकेको कुरा तत्काल व्यवहारमा लागु गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

जनज्योतिको प्राज्ञिक सभा

जनज्योतिको प्राज्ञिक सभा
सर्लाही समाचारदाता
लालबन्दी, माघ ०९ । जनज्योती बहुमुखी क्याम्पस लालबन्दीको १५ आँै प्राज्ञिक सभा विहिवार सम्पन्न भएको छ ।
सभाको उदघाटनगर्दै प्रमुख अतिथी स्थानिय विकास अधिकारी उमेश बस्नेतले क्याम्पसलाई गुणस्तरिय शिक्षामा जोड दिनु पर्ने उल्लेखगर्दै संख्यात्मक भन्दा पनि गुणात्मक शिक्षामा जोड दिनुपर्ने बताए ।
सभामा आर्थिक वर्ष ०६९÷०७० मा क्याम्पसकोे ३ करोड ३६ लाख ३२ हजार नौँ सय ८७ रुपैँया ५७ पैँसा बरावरको आय व्यय विवरण तथा ०७०÷०७१ को लागी ३ करोड  ७८ लाख ५९ हजार १ सय १९ रुपैँया ९९ सय पैँसाको वार्षिक वजेट विनियोजन गरेको थियो ।
जेष्ठ नागरिक ठेटराज आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा क्यामपस व्यवस्थापन समितीका अध्यक्ष कुवेर आचार्य, सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।

रेडबुलमा लालबन्दी र फुलजोर विजयी

रेडबुलमा लालबन्दी र फुलजोर विजयी
सर्लाही समाचारदाता
इश्वरपुर, माघ ०९ । ईश्वरपुर २ वयलवासमा रहेको नारायण उमावीको खेल मैदानमा भैरहेको रेडवुल जिल्ला स्तरिय लिग फुटवल प्रतियोगितामा विहिवार दुई खेल सम्पन्न भएको छ  ।
प्रतियोगिताको पहिलो खेलमा नव जागरण क्लव सागरनाथलाई १ का विरुद्ध ७ गोल गरेर लालबन्दी स्पोट्र्स क्लव बिजयी भएको छ ।
त्यसैगरी विहिवारनै भएको दोस्रो खेलमा महाकाली युवा क्लव रानिगन्जलाई शुन्यका बिरुद्ध ३ गोल गरेर फुलजोर युवा क्लव बयलवास बिजयी भएको छ ।
जिल्ला फुटवल संघ र फुलजोर युवा क्लवको आयोजना तथा रेडवुलको प्रायोजनामा प्रतियोगिता भैरहेको  प्रतियोगितको फाईनल खेल भने माघ १२ गते हुने खेल प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए ।
प्रतियोगितामा शुक्रवारबाट सेमिफाईनलको खेल हुने आयोजकले जनाएको छ ।

भक्तिपुरमा निःशुल्क छाला रोग शिविर

भक्तिपुरमा निःशुल्क छाला रोग शिविर
सर्लाही समाचारदाता
भक्तिपुर, माघ ०९ ।  स्वास्थ्य चौकी भक्तिपुरमा विहीबार भएको निःशुल्क छाला रोग सम्बन्धी शिविरमा दुईसय पाँच जना लाभान्वित भएका छन् ।
स्वयं साहयता समुहको आयोजनामा भएको शिविरमा छाला सम्बन्धि विभिन्न रोगीहरुको उपचार गरिएको हो । शिविरमा लालगढ अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ टोलीले बिरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा सहभागी बिरामीहरुलाई निःशुल्क औषधी समेत प्रदान गरिएको समुहका भक्तिपुर अध्यक्ष प्रेमराज आचार्यले बताए । यसैविच विहिवार नै सो स्वयं साहयता समुह भक्तिपुरको नयाँ भवनको शिलन्यास गरिएको छ । भवनको कृष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक चुणामणी भण्डारीले शिलन्यास गरेका हुन ।

सुमित्राले पाईन् विमाको रकम

सुमित्राले पाईन् विमाको रकम
सर्लाही समाचारदाता
इश्वरपुर, माघ ०९ । एशियन लाइफ इन्स्योरेन्स कम्पनि लि.ले विहिबार इश्वरपुरमा विमितका आफन्तलाई विमा रकम प्रदान गरेको छ ।
वयलबासमा एक कार्यक्रमको आयोजना गरी विमित रामएकवाल साह तेलीकी श्रीमती सुमित्रालाई पतिको विमा वापतको रकम प्रदान गरिएको हो । कम्पनीका हरिवन उपशाखा इन्चार्ज मनोज दाहालले श्रीमति तेलीलाई ७६ हजार सातसय ६१ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीमा एकवर्ष अघि ७५ हजारको जिवन विमा गराएका साहको गत भदौ ३० गते निधन भएको थियो । मृतक साहको जिवन विमा अन्तर्गत पाँचहजार दुईसय ३३ रुपैयाका दरले  दुईकिस्ता रकम कम्पनिलाई बुझाईएको इन्चार्ज दाहालले बताए । विमितको रकम तत्काल नै उपलब्ध हुनपर्ने भएपनि मृतकको कागजपत्र नमिलेकाले रकम उपलब्ध हुन केही ढिलाई भएको दाहालले उल्लेख गरे ।