Sunday, November 10, 2013

भयभीत छन् क्षेत्र नं. ६ का उम्मेद्वार नै

भयभीत छन् क्षेत्र नं. ६ का उम्मेद्वार नै
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक (स्थलगत भ्रमणपछि)
बलरा, कात्तिक २४ । गत २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर ६ अन्तर्गत बलरा गाविस–९, जब्दी स्थित प्राविमा रहेको मतदात केन्द्रमा छेउछाउ नै घर भएका मतदाताले मतदात गर्न पाएनन् । ‘‘मतदान सुरु हुने वितिकै नजिकैको बाँसघारी र छेउछाउका घरको आँगनमा आपराधिक कृयाक्लापमा संलग्न व्यक्तिहरुले साँझसम्म अड्डा जमाएका थिए ।’’ केही दिनअघि स्थलगत भ्रमणका क्रममा गएको संचारकर्मीहरुको समूहसँग स्थानीय बासिन्दाले त्रसित हुँदै भने–‘‘उनीहरुले बम जस्तो देखिने पोकै पोकोले भरिएको झोला बोकेका थिए, त्यसैले डरले गर्दा हामी आÇनो मत आफै हाल्छौं भन्न सकेनौं ।’’ मत हाल्न खोज्ने स्थानीय मतदातालाई समेत उनीहरुले चुपचाप बस्न चेतावनी दिएका थिए, जसका कारण थाहापाएर पनि कसैले प्रतिकार गर्न सकेनन् । धेरैजसो मतदाताले आÇनो मताधिकार प्रयोग गर्न नपाएका भएपनि उक्त मतदान केन्द्रमा ९० प्रतिशत भन्दा बढी मत खसेको ती स्थानीय बासिन्दाले बताए । यसवर्ष पनि त्यस्तै होला भनेर क्षेत्र नंं. ६ का मतदाता त्रसित र भयभीत छन् । मतदातामात्र हैन उक्त क्षेत्रमा उम्मेद्वार खडा भएका सबैजसो उम्मेद्वारहरु समेत भयरहित ढंगले मतदान हुनेमा आशंकित देखिन्छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका नेता अमरेश सिंह, तराई मधेश सद्भावना पार्टी नेपालका शिवपुजन राय सहितका उक्त क्षेत्रका उम्मेद्वारहरुले स्वच्छ, भयरहित र शान्तिपूर्ण ढंगले निर्वाचन सफल पार्नका लागि भरपर्दो सुरक्षाको वातावरण मिलाउन आग्रह गरेका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुरले विगतको संविधान सभा निर्वाचनमा विभिन्न मतदान केन्द्रमा मतदाताले मत खसाल्न नपाएको बताए । ‘‘शान्ति सुरक्षाको दृष्टिबाट यो क्षेत्र संवेदनशिल छ ।’’ उनले भने–‘‘मैले राज्यका सुुरक्षा निकायलाई पटक–पटक आग्रह गरिरहेको छु, आगामी निर्वाचनमा भने त्यस्तो नहोला भन्ने विश्वास  लिएको छु ।’’ विगतको संविधान सभा निर्वाचनमा मात्रै उक्त क्षेत्रका १३ वटा मतदान केन्द्रको मतदान प्रकृया नै विविध कारणले रद्ध भएको थियो । कतै ‘बुथ क्याप्चर’ भएको उजुरी परेको त कतै मतपेटिकामा पानी हालेको अनि कतै मतदान केन्द्र स्थल नजिकै विष्फोटबाट उम्मेद्वारको मृत्यु भएकाले पूनः मतदान भएको थियो ।
नेपाली कांग्रेसका नेता सिंहपनि शान्ति सुरक्षाको व्यवस्था गर्न आग्रह गर्छन् । विपक्षी दलहरुले अपराधिक व्यक्तिहरुलाई प्रयोग गरिरहेको उनको आरोप छ । विगतको निर्वाचनमा सिंहले नै अपराधिक व्यक्तिहरुलाई प्रयोग गरेको आरोप आएको थियो । यसपटक भने उनले समेत विपक्षी दलहरुबाट त्यस्तो काम भईरहेको र आफूले कुनै गल्ती नगर्ने दावी गरे । त्यस्तै तमसपा नेपालका उम्मेद्वार एवं विगत संविधान सभा निर्वाचनका विजेता शिवपुजन रायले विपक्षी दलहरुबाट मतदातालाई तर्साउने काम सुरु भईसकेकाले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन आग्रह गरे । ‘‘शान्ति सुरक्षाको भरपर्दो व्यवस्था भएन भने भयरहित ढंगले मतदाताले मतदान गर्न सक्दैनन् र स्वच्छ र निश्पक्षतामा प्रश्न खडा हुन्छ ।’’ उनले भने । यसवर्ष नेपाली सेना समेत परिचालन भएकाले उक्त क्षेत्रका स्थानीय बासिन्दाले केही आशा जगाएका छन्, भयरहित ढंगले मतदान प्रकृयामा सहभागि हुन् । असुरक्षाका कारण उक्त क्षेत्रका बासिन्दा संचारकर्मीसमक्ष नाम खोलेर केही कुरा भन्न पनि हिच्किचाउँछन् । ‘‘नेपाली सेना समेत खटिएको छ, सशस्त्र प्रहरी र नेपाल प्रहरीका पनि उल्लेख्य गस्ती देखिन थालेको छ ।’’ एक स्थानीय बासिन्दाले भने–‘‘मतदानको दिनपनि सुरक्षा निकायको प्रभावकारी सकृयता देखिएमात्र स्वच्छ र निश्पक्ष रुपले निर्वाचन सम्पन्न गर्ने राज्यको अभियान सफल हुन्छ र हामीले पनि मतदानमा भयरहित ढंगले भाग लिन सक्छौं ।’’
नागरिक समाजका अगूवा उग्रकान्त झा पनि क्षेत्र नं. ६ सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल रहेको बताउँछन् । सुरक्षाको भरपर्दो व्यवस्था नमिलाईए उक्त क्षेत्रका मतदाताले भयरहित ढंगले स्वतन्त्र रुपमा मतदान गर्न नसक्ने झाको कथन छ । आइतबार मलंगवामा  भएको सर्वपक्षीय बैठकमा पनि विभिन्न राजनैतिक दल एवं सरोकारवाला पक्षहरुबाट क्षेत्र नं. ६ मा सुरक्षाको व्यवस्था भरपर्दो तरिकाले मिलाउन आग्रह गरेका थिए । सो क्षेत्र अन्तर्गत गाउँमा यसअघि नै पनि सामान्य निहुँमा समेत २ पटक विभिन्न राजनैतिक दलसम्बद्ध कार्यकर्ताहरुबीच झडप समेत भईसकेको छ । जिल्ला सुरक्षा समितिले सुरक्षाको हिसावले अति संवेदनशिल क्षेत्रको रुपमा राखेको क्षेत्र नं. ६ का कतिपय गाउँलाई जानकारहरु ‘चमलघाँटी’ (अत्यन्त असुरक्षीत) को रुपमा समेत व्याख्या गर्ने गर्दछन् । भारतीय सिमाक्षेत्रसँग जोडिएको र सदरमुकामको पहुँच केही टाढा जस्तै भएकाले पनि उक्त क्षेत्र बढी संवेदनशिल मानिएको हो ।

No comments:

Post a Comment