Tuesday, November 12, 2013

मतदाता परिचय पत्र वितरण गरिने

मतदाता परिचय पत्र वितरण गरिने
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २६ । जिल्लामा सबै नागरिकको मतदाता परिचय आउने भएको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रकाश अधिकारीले कात्तिक–२८ मा सम्पूर्ण मतदाताहरुको परिचय पत्र जिल्ला आइपुग्ने र २९ गतेदेखि वितरण प्रयास गरिने बताए ।
निर्वाचन आयोगबाट आउने मतदाता परिचय पत्र सम्बन्धित मतदान केन्द्र मार्फत उपलब्ध गराईने तयारी भएको जनाइएको छ । निर्वाचन कार्यालय प्रमुख अधिकारीले भने –‘आयोगबाट प्राप्त मतदाता परिचय पत्र सुरक्षाकर्मीसँग समन्वय गरी प्रत्येक मतदान केन्द्रमा पु¥याउने र सम्पूर्ण मतदाताका हातैमा सकेसम्म उपलब्ध गराउने योजना छ ।
समय अभाव रहेका कारण मतदाता परिचय पत्र वितरणमा भने केही कठिनाई आउन सक्ने कार्यालय प्रमुख अधिकारीको कथन छ ।
निर्वाचन आयोगले मूलुकमा सबैको मतदाता परिचय पत्र उपलब्ध नहुने भएपछि नागरिकता एवं सवारी चालक अनुमति पत्र लगायत सरकारी परिचय पत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको थियो । सर्लाहीमा भने सो समस्या नरहने बताइएको छ ।
त्यसैगरी निर्वाचनका लागि प्रयोग हुने सम्पूर्ण सामग्री जिल्ला आइसकेको छ। जिल्ला निर्वाचन कार्यालय प्रमुख अधिकारीले दिएको जानकारी अनुसार अनुसूची फारम र कानूनी किताब बाहेक ६७ आइटम सामग्रीहरु निर्वाचनमा प्रयोग हुने र सम्पूर्ण सामग्री आइसकेका छन् र ती सामग्री मतदान केन्द्रमा जाने मतदान अधिकृतलाई जिम्मा लगाई पठाइने छ ।

No comments:

Post a Comment