अर्नाहामा हवाई फायर
सर्लाही समाचारदाता
अर्नाहा, मङ्सिर ४ । ‘बुथ क्याप्चर’ गर्न आउने एक समूहलाई ९ राउण्ड हवाई फायर गरेर भगाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अर्नाहा गाविस–३ कोइरीटोला स्थित प्रहरी चौकी भवन मतदान केन्द्रमा ‘बुथ क्याप्चर’ गर्न आएको एक समूहलाई हवाई फायर गरेर भगाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अपरान्ह १ बजेतिर अपरिचित व्यक्तिहरु सहित स्थानीय केही व्यक्तिहरुको समूह मतदान केन्द्रमा हस्तक्षेप गर्नेगरी आएपछि प्रहरीले हवाई फायर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीका अनुसार एसएलआरबाट ६ राउण्ड र थ्री नट थ्रीबाट ३ राउण्ड हवाई फायर गरिएको थियो । हवाई फायर पछि उनीहर भागेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment