Monday, November 11, 2013

पेट्रोलियम पदार्थमा कालाबजारी

पेट्रोलियम पदार्थमा कालाबजारी
सुनिल ठाकुर÷सर्लाही दैनिक
मलंगवा, २५ कात्तिक ।
सदरमुकाम मलंगवाका पेट्रोल पम्पहरुमा विगत केहीदिन देखि पेट्रोलको अभाव देखिएपछि खुद्रा किराना पसलेहरुले भारतबाट पेट्रोल ल्याई कालाबाजारी गर्न थालेका छन् ।
१ सय ३० रुपैया प्रति लिटरमा पाउने पेट्रोल अहिले १ सय ५० रुपैया लिटर भन्दा पनि बढी मूल्य उपभोक्ताले तिर्नुपरेको छ । सहज रुपमा पेट्रोल नपाएपछि चर्को मूल्य तिरेर पनि आफुहरुले प्रयोग गर्न बाध्य भएको मलंगवाका अशोक यादवले बताए । १ लिटरमा २० रुपैया भन्दा बढी रकम तिर्नु बाध्यता रहेको यादवको कथन छ । चुनावको मुखमा मोटरसाइकलको चाप बढी भएकोले पनि पसलेहरु मनपरी ढंगबाट पेट्रोल बेच्न थालेको मोटरसाइकल चालकहरुको गुनासो छ । १ सय ५० रुपैयामा पनि ९ सय एमएल मात्र पेट्रोल पसलेहरुले दिने गर्दा सेवाग्राही दोहोरो मारमा परेका छन् । यसरी किराना पसलेहरु मनपरी ढंगबाट पैसा लिई बिक्री गर्न थालेपछि सम्बन्धित निकायबाट कुनै अनुगमन नभएको मोटरसाइकल चालकहरुको कथन छ । सम्बन्धित निकायबाट अनुगमन हुन जरुरी रहेको र आपुर्ती सहज हुनुपर्ने मोटरसाइकल चालकहरुको कथन छ । पम्पहरुमा पेट्रोलको अभाव भएपनि डिजेल भने सहजरुपमा पाउने गरेको छ । पेट्रोलको अनियमितता बारे मंगलबार बजार अनुगमनगरी स्थानिय बिक्रेताहरु संग बुझ्ने प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए ।

No comments:

Post a Comment