निर्वाचन भाड्न माओवादी ¥याली
सर्लाही समाचारदाता
हरिवन, कात्तिक २४ । आसन्न संविधान सभाको निर्वाचनको विरोधमा सोमबारदेखिको आम हड्ताल सफल पार्न आइतबार नयाँरोडमा ¥यालीका साथ कोणसभा गरिएको छ ।
नेकपा–माओवादी (वैद्यपक्ष) का जनवर्गिय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी ले ढुंग्रेखोला धरहराबाट ¥याली निकालेर नयाँरोडमा कोणसभा गरेको थियो
मिथिला राज्य समिति सल्लाकार रिता मैनालीको नेतृत्वमा
रहेको सो ¥यालीमा निर्वाचन षड्यन्त्र भएको नाराका साथ कोण सभामा परिणत भएको नेकपा–माओवादी हरिवन गाउँ कमिटी अध्यक्ष भगवान मैनालीले जानकारी दिए ।
कोणसभामा महिला क्रान्तिकारी जिल्ला उपाध्यक्ष माया विक, सदस्य सुकुमाया धलान लगायतका वक्ताहरुले कथित दोश्रो संविधान सभा निर्वाचन विदेशीहरुको षड्यन्त्रमा हुन लागेकाले निर्वाचन बहिस्कार गरी १० दिने हड्ताल सफल पार्न आव्हान गरेका थिए ।
त्यसैविच नेकपा–माओवादीले कात्तिक २५ र २६ गते आम हड्ताल र २७ देखि मंसिर ५ सम्म चक्का जाम गर्ने घोषणा गरेको श्रोतले जनाएको छ ।
No comments:
Post a Comment