Sunday, November 10, 2013

प्रधानमन्त्रीका सचिव हरिवनमा

प्रधानमन्त्रीका सचिव हरिवनमा
सर्लाही समाचारदाता
हरिवन, कात्तिक २२ । आगामी संविधान सभा निर्वाचनको अनुगमनका लागि  प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंह मल्ल निर्वाचन शुक्रबार सर्लाही आएका छन् ।
उनी निर्वाचन नसकिएसम्म सर्लाहीमै रहने प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए । ‘‘सर्लाही र रौतहट जिल्लामा निर्वाचन तयारी लगायत कामको अनुगमनका लागि उहाँ आउनुभएको हो ।’’ प्रजिअ घिमिरेले भने–‘‘निर्वाचन नसकिएसम्म बस्नुहुन्छ ।’’
हरिवनमा रहेर उनले सर्लाही तथा रौतहटको निर्वाचन तयारी तथा विविध क्रियाक्लापको अनुगमन गर्ने बताईएको छ । शुक्रबार प्रअिज घिमिरेले नवलपुरमा भेट गरी सचिव मल्ललाई जिल्लाको अवस्थाका बारेमा जानकारी गराएका थिए । निर्वाचन अवधीभर सचिव मल्ललाई इन्दुशंकर चिनी उद्योगको अतिथि सदनमा बस्ने व्यवस्था मिलाइएको जिल्ला सुरक्षा श्रोतले जनाएको छ । उनले शनिबारदेखि नै जिल्लाको स्थलगत अवलोकन गर्ने बताईएको छ ।

No comments:

Post a Comment