निर्वाचनअघि तीनदिन सिमा क्षेत्र ‘सिल’
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १४ । आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यान दिदै भारतीय सिमा क्षेत्र तीनदिन ‘सिल’ (आवत जावत बन्द) गरिने भएको छ ।
भारतको सितामाढीमा विहिबार सर्लाही सहित तीन जिल्ला र भारतीय सुरक्षा अधिकारीहरुबीच सम्पन्न बैठकले त्यस्तो निर्णय गरेको हो । नेपालमा हुने संविधान सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै आगामी मंसिर २, ३ र ४ गते सिमा क्षेत्र पूरै बन्द गरिने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले बताए ।
बैठकले सिमा क्षेत्रमा हुने अपराधिक गतिविधि, हातहतियार ओसार पसार, लागूऔषध ओसारपसार लगायतमा दुवैतर्पmबाट कडाई गर्ने निर्णय समेत गरेको छ । अपराधिक गतिविधि नियन्त्रणका लागि दुवै सुरक्षा निकायबाट आवश्यक समन्वय गरेर अगाडी बढ्ने निर्णय भएको प्रजिअ घिमिरेले जानकारी दिए ।
खुला सिमाका कारण विशेषगरी भारतबाट हातहतियार र लागूऔषधको कारोबार हुनसक्नेतर्फ गम्भिर ढंगले कुरा उठाईएको प्रजिअ घिमिरेले बताए । ‘‘भारतीय पक्षबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।’’ प्रजिअ घिमिरेले भने–‘‘अपराधिक घटना नियन्त्रण एवं अपराधीहरु पक्राउ गर्नका लागि दुवैतर्फबाट उचित समन्वय गरेर अगाडी बढ्ने सहमति भएको छ ।’’ भारतमा अपराध गरेर नेपालतर्फ लुक्ने र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा लुक्ने गतिविधि नियन्त्रणतर्फ दुवै देशका सुरक्षा निकायले समन्वय गरेर अगाडी बढ्ने सहमति भएको प्रजिअ घिमिरेले बताए ।
प्रजिअ घिमिरेले भारतीय पक्षबाट निर्माण हुने भनिएका सडकहरु तोकिएकै समयभित्र निर्माण हुने अवस्था नरहेको र निर्वाचन अघी नै मर्मतको काम गर्ने दुई देशबीच माथिल्लो निकायमा सहमति भएपनि सो नभएको कुरा समेत बैठकमा उठाईएको बताए । ‘‘ठेकेदारले निर्माणको काम रोकेपछि मर्मतको काम गर्न सहमति भएपनि पूनः सो समेत रोकिएको कुरा राखेको थिएँ ।’’ प्रजिअ घिमिरेले सर्लाही दैनिकसँग भने–‘‘उहाँहरुले आÇनो तर्फबाट पनि भारतीय सरकारसमक्ष सडकको कुरा अगाडी बढाउने आश्वासन दिनु भएको छ ।’’
निर्वाचनको पूर्वसन्ध्यामा भारतीय सुरक्षा अधिकारीहरुसँग भएको बैठकले जिल्लाको सुरक्षा व्यवस्था लगायत विविध पक्षमा फलदाई हुने विश्वास प्रअिज घिमिरेले व्यक्त गरे । बैठकमा सितामाढी जिल्लाकी प्रमुख डा. प्रतिमाको नेतृत्वमा सुरक्षा अधिकारीहरु सहभागि रहेका थिए भने नेपालको तर्फबाट सर्लाही, महोत्तरी र रौतहटका प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा अधिकारीहरु सहभागि थिए । दिउँसो १ बजे सुरु भएको बैठक लिखित रुपमा उतार गर्ने लगायत कारणले दुईघण्टा भन्दा बढी चलेको थियो ।
बैठकमा जनकपुर अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शिव लामिछाने सहित सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, राष्ट्रिय अनुसन्धानका नायव उपरीक्षक माधव खतिवडा लगायतको सहभागिता रहेको थियो भने महोत्तरी र रौतहटबाट पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु उपस्थित रहेका थिए ।
No comments:
Post a Comment