Sunday, November 10, 2013

सुरक्षा अधिकारीद्वारा क्षेत्र निरीक्षण

सुरक्षा अधिकारीद्वारा क्षेत्र निरीक्षण
सर्लाही समाचारदाता
बलरा, कात्तिक २१ । प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे नेतृत्वको टोलीले विहिबार जिल्ला स्थित क्षेत्र नम्बर ६ को सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन एवं निरीक्षण गरेको छ ।
जिल्लाको अति संवेदनशिल क्षेत्रको रुपमा रहेको क्षेत्र नंंं. ६ को सुरक्षा अवस्थाका बारेमा सुरक्षा अधिकारीहरुको टोलीले स्थलगत रुपमा अनुगमन एवं निरीक्षण गरेको हो । टोलीले उक्त क्षेत्र भित्र रहेका विभिन्न सुरक्षा इकाइहरुको स्थलगत अवलोकन गरेको थियो । अपरान्ह त्यस क्षेत्रमा गएको टोली साँझ सदरमुकामतर्फ फर्किएको थियो ।
टोलीमा नेपाली सेनाको रिपुमद्र्धन गणका गणपति मनोज वैदवार, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल, सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशनाथ अधिकारी, राष्ट्रिय अनुसन्धानका प्रमुख नायव उपरीक्षक माधव खतिवडा लगायत सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । हरेक निर्वाचनका क्रममा कतिपय मतदान केन्द्रहरुमा पूनः निर्वाचन गर्नुपर्ने, राजनैतिक आवरणमा आपराधिक गतिविधि हुने लगायत कारणले यसवर्ष जिल्ला स्थित सुरक्षा समितिले क्षेत्र नं. ६ लाई अति संवेदनशिल क्षेत्रको रुपमा राखेर सुरक्षा व्यवस्था मिलाएको छ ।

No comments:

Post a Comment