सर्पदंश केन्द्रमा आँखा शिविर
सर्लाही समाचारदाता
नवलपुर, मङ्सिर १७ । सर्पदंश उपचार केन्द्र नवलपुरमा सोमबार भएको निशुल्क आँखा शिविरमा १ सय ५२ जनाको आँखा परिक्षण गरिएको छ ।
परिक्षणका क्रममा २० जना मोतिया बिन्दुका विरामी भेटिएको छ । परोपकार आँखा उपचार केन्द्र लालबन्दी, थे्रट हेलोज फाउडेसन र जानकी आँखा अस्पताल जनकपुरको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरमा डाक्टर प्रदिप यादवको टोलिले बिरामीहरुको आँखा परिक्षण गरेको थियो । परिक्षणका क्रममा फेला परेका मोतिया बिन्दुका बिरामीहरुको आगामी मंसिर २० गते लालबन्दीको जनज्योति उमाविमा शल्यक्रिया गरिने परोपकार आँखा उपचार केन्द्रले जनाएको छ ।
No comments:
Post a Comment