महिला हिंसा बिरुद्धको अभियानको प्रभाव परेन
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २० । मूलुकभर महिला हिंसा बिरुद्धको १६ दिने अभियान सञ्चालन भैरहँदा जिल्लाका ग्रामीण क्षेत्रका महिलाहरुमा यसको खासै प्रभाव नपरेको स्थानीयले बताएका छन् ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान शहर केन्द्रित भएको त्यस क्षेत्रका महिलाहरुको गुनासो छ । सर्लाहीको उत्तरी र दक्षिणी क्षेत्रमा यसको प्रभाव निकै कम परेको स्थानीय बुद्धिजिवीहरुले बताएका छन् ।
ग्रामीण क्षेत्रमा महिला माथि विभिन्न किसिमका हिंसा बढि मात्रामा हुने गरेको भएपनि अभियान भने प्रभावकारी रुपमा नपुगेको पाईएको छ । सर्लाहीको ग्रामीण क्षेत्रमा विशेष गरि महिला माथि मदिरा सेवन गरेर कुटपिट गर्ने, बोक्सीको आरोप लगाई कुटपिट गर्ने, घुम्टो प्रथा कायमै रहेको छ ।
अहिले पनि सर्लाहीमा यस किसिमको प्रथा न्यूनिकरण गर्ने विभिन्न संघसस्थाले त्यस क्षेत्र सम्म प्रभावकारी अभियान नलगेको बताईएको छ । ग्रामीण क्षेत्रमा यस्ता प्रथा कायम रहेका कारण आफुहरुको क्षेत्रमा समेत प्रभावकारी अभियान सञ्चालन गरिदिन स्थानीयको माग रहेको छ ।
No comments:
Post a Comment