सशस्त्रलाई दुई करोड ७६ लाखको भवन
सर्लाही समाचारदाता
कविलासी, मङ्सिर २८ । सिमा सुरक्षा कार्यालय कविलासीमा विभिन्न ८ वटा भवन बन्ने भएका छन् । क्वाटर्रगार्ड, कार्यालय भवन, सिनियर अधिकृत व्यारेक, जुनियर अधिकृत व्यारेक, जवानको दुईवटा व्यारेक, जवान मेस, शौचालय लगायत भवनहरु बन्ने भएका हुन् । रु. २ करोड ७६ लाख लागतमा सशस्त्र प्रहरीका विभिन्न ८ वटा भवनहरु बन्ने भएका हुन् ।
शुक्रबार एक समारोहबीच सशस्त्र प्रहरी वल सिमा सुरक्षा विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कुष्ण कुमार तामा·ले भवनहरुको शिलान्यास गरे । नवनिर्मित हुने विभिन्न ८ वटा भवन मध्ये उनले क्वाटरगार्डको नव निर्मित भवनको शिलान्यास गरेका हुन् । झण्डै ३ वर्ष अघि स्थापना भएको सिमा सुरक्षा कार्यालयको परिसरमा विभिन्न ८ वटा भवन निर्माण हुने भएको हो ।
टेण्डर प्रकृया अन्तर्गत आरपीजेभी नामक निर्माण कम्पनीले उक्त भवनहरु निर्माण गर्ने सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय मलंगवाले जनाएको छ । कविलासी गाविस–२ स्थित २७ विगाह ८ कठ्ठा क्षेत्रफलको जमिनमा उक्त भवनहरु बन्ने भएका हुन् । २०७१ जेष्ठ मसान्त भित्र निर्माण सम्पन्न गर्नेगरी टेण्डर प्रकृया सुरु भएको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयले जनाएको छ ।
शुक्रबार एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक लामाले भवनको उद्घाटन गरेका थिए । उनले सिमित साधन स्रोत, जनशक्तिका बाबजुद गाउँगाउँमा राज्यको उपस्थिती, कानूनी राज्य स्थापना, अवैध निकासी पैठारीमा रोक लगायतमा सशस्त्र प्रहरीले भूमिका निर्वाह गर्नुपर्ने बताए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामाले सशस्त्र प्रहरीले कर्तव्यनिष्ठ हुँदै जनमैत्री बन्न समेत निर्देशन दिए ।
कार्यक्रममलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी वल मध्य क्षेत्रीय बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक महावीर गुरु·ले कार्यक्रममा उपस्थितीहरुलाई धन्यवाद ज्ञापन गरे । सर्लाहीको मूर्तिया निवासी उनले जिल्ला स्थित सशस्त्र प्रहरी बलको भौतिक संरचना निर्माण हुनुमा आफूलाई गौरव महसुस गरेको समेत उल्लेख गरे ।
सिमा सुरक्षा कार्यालय मलंगवा प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डलले कार्यक्रममा उपस्थित सबैमा स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरे, प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, स्थानीय विकास अधिकारी उमेश बस्नेत लगायत सरकारी अधिकारीको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment