Wednesday, December 11, 2013

किशोरी बलात्कृत मुद्दाका प्रहरीमाथि दोस्रो म्याद

किशोरी बलात्कृत मुद्दाका प्रहरीमाथि दोस्रो म्याद
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २६ । एक किशोरीलाई सामुहिक बलात्कार भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तीनजना प्रहरीलाई बुधबार दोस्रो पटक म्याद थप गरेर अनुसन्धान अगाडी बढाईएको छ ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानहरु संजीत कार्की, राजकुमार
फुयाँल, र अरवीन्द महतोलाई जिल्ला अदालतबाट पूनः ७ दिनको लागि म्याद लिएर कार्वाही प्रकृया अगाडी बढाईएको हो । गत मंसिर १८ गते मंगलबार विहानदेखि भोलीपल्ट बुधबार विहानसम्म सदरमुकाम मलंगवा स्थित विभिन्न लज र भारतको सोनवर्षामा समेत उनीमाथि जबरजस्ती करणी भएको बताईएको छ ।
पीडित किशोरीको बयानका आधारमा महिला तथा बालबालिका कार्यालय मलंगवा अन्तर्गत महिला शान्ति केन्द्रले गत शुक्रबार तीनजना प्रहरी एवं तीनजना रात्रीबसका मजदुरहरुको नाम सहित १२ जनाले सामुहिक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएको थियो । किटानी जाहेरीमा नाम उल्लेख भएका अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनापछि उद्धार गरिएकी ती किशोरीलाई महिला शान्ति केन्द्रले पाँच दिनसम्म संरक्षण दिएर राखेको थियो । उनलाई गत सोमबार दाजुको जिम्मा लगाएर काठमाण्डौ स्थित शक्ति महिला समूहको संरक्षणमा रहने गरी पठाईएको छ । कानूनी प्रकृयाका सिलसिलाका लागि आवश्यक पर्ने समयमा ती किशोरीलाई उपस्थित गराउने शर्तमा लैजान लागिएको उनका दाजुले बताए । सिन्धुपाल्चोक निवासी ती किशोरीले आफू कुनैपनि हालतमा घर नजाने र पठाईए मर्न तयार रहेको बताएपछि उद्धारपछि संरक्षण गरिरहेको महिला तथा बालबालिका कार्यालय अन्तर्गतका महिला शान्ति केन्द्रले शक्ति महिला समूहको जिम्मा लगाएको हो ।
पीडित किशोरीका दाजुले पनि बहिनीले घर नजाने अड्डी लिएकाले शक्ति समूहको जिम्मामा छाड्न तयार भएको बताए । ‘‘घटनापछि बहिनीमा मानसिक विचलन आएको छ ।’’ बहिनी लिन आइतबार सदरमुकाम मलंगवा आएका उनले सोमबार सर्लाही दैनिकसँग भने–‘‘घरमा लगेर राख्दा भोली जे सुकै हुने देखिएकाले शक्ति समूहकै जिम्मामा छाड्ने भईयो ।’’ सोमबार राती नै उनले बहिनीलाई लिएर काठमाण्डौतर्फ गएका छन् ।

No comments:

Post a Comment