Thursday, December 12, 2013

दुर्घटनाबाट बच्न अन्तरक्रिया

दुर्घटनाबाट बच्न अन्तरक्रिया
सर्लाही समाचारदाता
नवलपुर, मङ्सिर २७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले विहिबार दुर्घटना न्यूनिकरण गर्ने उपाय सम्बन्धी अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा जिल्ला स्थित यातायात व्यवसायी, यातायात मजदुर, समाजसेवी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक विक्रमबहादुर चन्द, जिल्ला ट्राफिक प्रमुख कमल खत्री लगायत ट्राफिक अधिकृतहरुले विभिन्न ट्राफिक नियमका बारेमा प्रस्ट्याएका थिए । २ सय ५० किलोमिटर भन्दा बढी लगातार गुड्ने सवारी साधनमा दुईजना चालक राख्नुपर्ने, क्षमता भन्दा बढी यात्रु एवं सामग्री राखेर सवारी साधन नचलाउने लगायत दुर्घटनाबाट बँच्ने उपायहरुका बारेमा जानकारी गराईएको थियो ।

No comments:

Post a Comment