Sunday, December 15, 2013

पोषण सुधारको तालिम सम्पन्न

पोषण सुधारको तालिम सम्पन्न
सर्लाही समाचारदाता
हरिवन, मङ्सिर ३० । महिला तथा बालबालिकाको पोषण सुधारको विषयमा ६ दिने तालिम आइतबार सम्पन्न भएको छ ।
गरिबी निवारण कोष लागू भएका जिल्लाका १८ गाविसमा क्रमशः योजना लागू गर्दै जाने बताईएको छ । गरिबी निवारण कोष र छे लेन वेलर इन्टरनेशनलको आयोजनामा लालबन्दीमा भएको महिला तथा बालबालिकाको पोषण सुधारका लागि आवश्यक पोषण सुधारका लागि आवश्यक पोषण तथा सरसफाइबारे ६ दिने तालिम पश्चात कार्यक्रम लागू गरिने घोषणा गरिएको हो ।
कोष कार्यक्रम लागू भएका १८ वटा गाविसका सामाजिक परिचालकहरुलाई अनिल कुमार बराल, निरोज दाहाल र अरविन्द यादवले सहजीकरण गरेका थिए भने तालिममा हेलेनका अधिकृतद्वय सरोज चौधरी र कृष्ण गिरीको उपस्थिती रहेको कार्यक्रम संयोजक विदुरकुमार प्याकुरेलले बताए । यसअघि पनि लालबन्दीमा ६ दिने तालिम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment