Tuesday, December 10, 2013

घाईतेको मृत्यु

घाईतेको मृत्यु
रानीगंज, मङ्सिर २५ । मोटर साईकल दुर्घटनामा परी सोमबार घाईते भएका एकजनाको मंगलबार मृत्यु भएको छ ।
रानिगञ्ज गाविस–८ का सुरेश महतोको काठमाडौमा उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार बिहान महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय इश्वरपुरका प्रहरी निरीक्षक यज्ञ प्रसाद भट्टराइले बताए । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत सागरनाथ र बाँके बिचको लच्चकामा गत सोमबार विपरित दिशाबाट आईरहेका मोटर साईकल एकआपसमा ठोक्किदा महतोसहित चारजना गम्भिर घाईते भएका थिए ।
पुर्वबाट पश्चिम तर्फ आउदै गरेको बसलाई ओभरटेक गर्ने क्रममा ज.१ प ८१९५ नम्बरको मोटरसाइकल पश्चिमबाट पुर्व तर्फ जादै गरेको ज. २ प २३२२ नम्बरको मोटर साइकलसँग ठोकिएको प्रहरी निरीक्षक भट्टराइले बताए । जनकपुरबाट बागमती पिकनिक आउदै गरेका जनकपुर नगरपालिका–६ का विक्रम साह र अनिल पाण्डे दुर्घटनामा गम्भिर घाइते भएका छन् । दुवै जनाको उपचार विराटनगरमा भइरहेको छ ।
मृतक महतोसंगै मोटर साइकलमा पछाडी बसेका सर्लाही कालिन्जोर–३ का कौशल दहाल गम्भिर घाइते भएका छन् । उनको उपचार विरगंजमा भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment