चिनी उद्योग संचालन
सर्लाही समाचारदाता
धनकौल, माघ ०३ । धनकौलमा निर्माण भएको चिनी उद्योग शुक्रवार देखि सञ्चालनमा आएको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धनकौलमा स्थापना भएको अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिजले उखु क्रसिङ गर्न शुरु गरेको हो । अन्नपूर्ण उद्योगले शुक्रवार देखि चालु सिजनको उखु क्रसिङ गर्न सुरु गरेको अन्नपूर्ण उखु उत्पादक किसान संघका सदस्य सञ्जिव सिंहले जानकारी दिए । उद्योग सञ्चालनसँगै जिल्लाका दक्षिणी क्षेत्रका उखु उत्पादक किसानलाई उखु विक्रिगर्न इन्दुशंकर हरिवन, एभरेष्ट महोतरी तथा श्रीराम रौतहटमा धाउनु पर्ने बाध्यता हटेको छ । अन्नपूर्ण ईण्डष्ट्रिजले दिनमा ३० हजार क्वीन्टलसम्म उखु क्रसिङ गर्न सक्ने व्यवस्थापकले जनाएका छन् ।
यो सँगै सर्लाहीमा ठुला चिनी उद्योगको सङ्ख्या दुई पुगेको छ । यसअघि हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग मात्र सञ्चालनमा थियो ।
धनकौलको चिनी उद्योग सञ्चालनमा ढिलाई हुँदा दक्षिणी क्षेत्रका उखु किसानहरु मर्कामा पर्दै आएका थिए । उक्त उद्योग सञ्चालन भएपछि स्थानीय किसानलाई राहत मिल्ने भएको छ ।
No comments:
Post a Comment