Monday, January 20, 2014

रिक्सा चालकले न्यानो कपडा बाँडे

रिक्सा चालकले न्यानो कपडा बाँडे
सर्लाही समाचारदाता
हरिवन, माघ ०४ । रौतहट चन्द्रनिगाहपुरका एक रिक्सा चालकले शनिबार सर्लाहीका हरिवन र जब्दीका विपन्न परिवारहरुलाई न्यानोे कपडा वितरण गरेका छन् ।
चन्द्रनिगाहपुरका रिक्सा चालक केदार तिमल्सिनाले  हरिवन र जब्दीमा कपडा वितरण गरेका हुन । राजधानीबाट ल्याईएका न्याना कपडाहरु जब्दीको मुसहर वस्तीका ४० घरधुरी मुसहर परिवारलाई प्रदान गरे । यस्तैगरी हरिवन गाविस–३, ६ र ८ वडामा सात सय थान बाक्ला लुगा वितरण गरिएको हो ।
हरिवनमा कपडा वितरण गर्न एमाले नेताहरु सीताराम पोखरेल, केदार मैनाली, देवराज वाग्ले, चिरञ्जीवि प्रसाईं, रामहरी प्रसाईं लगायतले सहयोग गरेका थिए । रिक्सा चालक तिमल्सिनाले यस अगाडि पनि रौतहटका विभिन्न गाविसका दिनदुखीहरुलाई जाडोको कपडा वितरण गरिसकेका छन् ।

No comments:

Post a Comment