Monday, January 20, 2014

भिडेका नेताहरु एकताका लागि जाग्दै

भिडेका नेताहरु एकताका लागि जाग्दै
–टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, माघ ०५ । भर्खरै सम्पन्न संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ एकआपसमा भिडन्त गरेका तीन मधेशवादी दलका जिल्ला अध्यक्षहरु एकताको पक्षमा देखिएका छन् । निर्वाचनबाट सभासद् बनेका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष जंगीलाल राय, मधेशी जन अधिकार फोरम नेपालका अध्यक्ष अशोककुमार यादव र सद्भावना पार्टीका अध्यक्ष प्रमोद साहले वर्तमान अवस्थामा मधेशवादी दलहरुबीच एकता अति उत्तम हुने बताएका छन् । निर्वाचनताका ‘जिवन र मरण’ को अवस्थामा भिडन्त गरेका उनीहरुको निर्वाचन परिणामपछि र राष्ट्रिय रुपमा आÇना नेताहरुले पार्टी एकताका लागि अभियान चलाएपछि मात्र ‘चेत’ खुलेको आम जिल्लाबासीको अनुमान छ । जिल्ला स्थित क्षेत्र नं. ५ बाट आ–आÇना पार्टीको तर्फबाट घमासान युद्धभूमि जस्तै मैदानमा उत्रिएका तीन दल सम्बद्ध जिल्ला अध्यक्षहरुले हाल भने पार्टी एकताको पक्षमा विचार व्यक्त गर्न थालेका छन् । आईतबार सदरमुकाम मलंगवामा भएको एक कार्यक्रममा तीनवटै दलका नेताहरुले व्यक्त गरेको धारणामा सो कुरा झल्किएको हो ।
मधेस आन्दोलनमा शहादत प्राप्त गरेको बलिदानी दिवसको आठौं बार्षिकीको अबसरमा आयोजित सभाका सहभागीले मधेसी दलविच हुन थालेको एकता अपरिहार्य रहेको वताएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टी    (तमलोपा), मधेसी जनअधिकार फोरम नेपाल र सद्भावना पार्टीका जिल्ला नेताले एकता हुनुपर्ने धारणा राखेका थिए ।
सद्भावना निकट् बिद्यार्थी मञ्चद्धारा सदरमुकाम मलंगवामा आयोजित कार्यक्रममा फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादवले ढिलै भएपनि एकता हुनु राम्रो भएको वताए । ‘‘मधेस आन्दोलनको उपलब्धिका लागि एकताले बलियो आधार तयार पार्छ ।’’ उनले भने–‘‘मधेसी जनतामा यसले उत्साह संचार गरेको छ । बलिदान खेर जान नदिन एक हुनुपर्छ ।’’
सद्भावना पार्टीका अध्यक्ष प्रमोद साहले एकिकरणको पक्षमा अभुतपूर्व वातावरण बनेको उल्लेख गरे । एकताको पक्षमा जिल्ला तहमा कुनै समस्या नभएको उनले औंल्याए । ‘‘पदका लागि नभई अधिकारका लागि यो अभियान भएकाले कुनै समस्या हुंदैन ।’’   उनले भने –‘‘यो अभियानलाई सार्थक बनाउन जुनसुकै त्याग गर्न हामी तयार छौं ।’’
कार्यक्रममा तपलोपाका सहअध्यक्ष विनय कर्णले एकता सरकारका लागि नभई अधिकारका लागि हुनुपर्ने वताए । ‘‘एकिकरण संगठन बलियो बनाउन र अधिकार सहितको संबिधानका लागि हुनुपर्छ ।’’ उनले भने–‘‘सरकारमा जानका लागि हैन् । मधेसको अधिकार सुनिश्चित पार्ने संबिधान निर्माणको अभियान एकिकरणले सार्थक पार्छ ।’’ कार्यक्रममा उपस्थित नभएपनि तमलोपा अध्यक्ष रायले सर्लाही दैनिकसँग कुरा गर्दै मधेशवादी दलहरुबीच एकिकरणको कुरा ठिक भएको बताए । ‘‘जुन–जुन पार्टीहरुको एजेण्डा एउटै छ, ती पार्टीहरुबीच एकिकरण हुनुपर्छ ।’’ कार्यक्रममा व्यवस्तताका कारण उपस्थित हुन नसकेको उल्लेख गर्दै उनले भने–‘‘एकता जुनसुकै हालतमा हुनुपर्छ ।’’
भर्खरै सम्पन्न संविधान सभा निर्वाचनमा क्षेत्र नं. ५ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका तमलोपा अध्यक्ष रायले ९ हजार ७ सय ६७ मत पाएका थिए भने सद्भावनाका जिल्ला अध्यक्ष साह ७ हजार ७ सय २३ मत ल्याउँदै मुख्य प्रतिद्वन्द्वी भएका थिए । फोरम नेपालका जिल्ला अध्यक्ष यादवले भने ४ हजार ९ सय ४७ मत प्राप्त गरेका थिए । तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम नेपाल र सद्भावना पार्टीबीच हुने एकीकृत पार्टीका लागि अवधारणापत्र तयार गर्नका लागि राष्ट्रिय कार्यदलले एक मस्यौदा समिति बनाइसकेको समाचार बाहिर आईसकेको छ ।

No comments:

Post a Comment