विद्युत अवरुद्ध जारी रहने
सर्लाही समाचारदाता
लालबन्दी, माघ १० । जिल्लाको कालिन्जोर देखी कर्मैया सम्म केहि दिन बिहान र दिउँसो विद्युत अवरुद्ध हुने भएको छ । नवलपुर–मलंगवा सडकखण्डमा पोल सार्नका लागी विद्युत अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण प्रशाखा लालबन्दी फिडर अन्तर्गतका एकदर्जन गाविसमा विद्युत अवरुद्ध हुने प्राविधिक मोहन श्रेष्ठले बताए । बिहान र दिउँसो विद्युत अवरुद्ध भएपनि रातको समयमा भने लोडसेडिङ् तालिका अनुसार नै विद्युत सुचारु हुने श्रेष्ठले जानकारी दिए । नवलपुर–मलंगवा सडकखण्ड वर्षौ देखी जिर्ण रहेका कारण हुलाकी सडक आयोजनाले विस्तार र कालोपत्रे गर्ने कार्यका लागि विद्युत पोल सार्ने काम भईरहेको हो । यसअघि विद्युत पोल नसारेकै कारण भारतीय ठेकेदारले काम हुन नसकेको बताएको थियो ।
No comments:
Post a Comment