इश्वरपुरमा एलजीको शाखा स्थापना
सर्लाही समाचारदाता
इश्वरपुर, माघ ०६ । विभिन्न इलेक्ट्रोनिक्स सामानहरु उत्पादन गर्ने कम्पनी एलजीको इश्वरपुरमा शाखा स्थापना भएको छ ।
सोमबार एक समारोहबीच एलजीका नेशनल सेल्स म्यानेजर पुरुषोत्तम भण्डारी र उद्योग वाणिज्य संघ इश्वरपुरका अध्यक्ष अमिरीलाल साहले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । जगदम्बा इन्टरप्राईजेज बयलबासले सञ्चालन गर्नेगरि एलजीको शाखा इश्वरपुरमा स्थापना भएको हो । शाखा उद्घाटन समारोह दुर्गानन्द झाको सभापतित्वमा भएको थियो भने कार्यक्रममा स्थानीय उद्योगी, व्यापारी, समाजसेवी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
सन् २०१५ सम्ममा मुलुकभर सयवटा शाखा विस्तार गर्ने अभियानका साथ इश्वरपुरमा २८औं शाखा स्थापना भएको एलजीका मार्केटिङ अफिसर विनोद जोशीले बताए । शाखा स्थापनाको अवसरमा सोमबारबाट १५ दिनका लागि एलजी ब्रान्डका सामानहरुको खरिदमा विशेष छुट सहित उपहार समेत राखिएको जोशीले बताए ।
एलजीका टेलिभिजन, फ्रिज, वासिङ मेशिन, मोबाईल, भ्याकुम क्लिनर लगायत सामानहरु उपलब्ध रहेको जगदम्बाले जनाएको छ । शाखामा ५ हजारदेखि १ लाख ४४ हजार रुपैयासम्मका सामानहरु विक्रीका लागि राखिएको जोशीले बताए । यसैविच उद्घाटनको अवसरमा सोमबार गरिएको लक्की ड्र मा वयलवासकी रीता कुमारीले कम्पनीको एउटा घडी प्राप्त गरेकी छिन् ।
No comments:
Post a Comment