तेक्वान्दोमा खेलाडी छनोट
सर्लाही समाचारदाता
जब्दी, पुस २३ । लुम्विनी महोत्सव २०७० अन्तर्गत राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागी पनि १ प्रशिक्षक सहित ८ जना खेलाडी जिल्लाबाट छनोट भएका छन् ।
शनिवार जब्दी ९ रन्जितपुरमा विभिन्न तेक्वान्दो दोजाङका खेलाडीहरु छनोट गरिएको हो । छनोट हुनेमा लोकतान्त्रिक तेक्वान्दो दोजाङकी प्रशिक्षक अन्जना शिवाकोटी सहित अन्य खेलाडी रहेका छन् ।
आगामी माघ दोस्रो हप्तादेखी राजधानी काठमाण्डौमा हुने प्रतियोगिताका लागी छनोट भएकाहरुलाई पुस २५ गते क्षेत्रिय स्तरमा छनोट गरिने बताईएको छ ।
छनोट हुने अन्य खेलाडीहरुमा लोकतान्त्रिक तेक्वान्दो दोजाङ लालबन्दीका गन्जुराम राई, सम्भु राई, मछिन्द्र श्रेष्ठ, त्यस्तै भक्तिपुर तेक्वान्दो दोजाङका किरण कार्र्की र रणबहादुर राई , ईश्वरपुर तेक्वान्दो दोजाङका सन्जिव मण्डल र रानिगन्ज तेक्वान्दो दोजाङका मुकेश अधिकारी रहेका छन् । नेपाल आईतिएफ तेक्वान्दो महासंघका केन्द्रिय सदस्य तथा सर्लाही अध्यक्ष श्याम शिवाकोटीको प्रमुख आतिथ्यतामा खेलाडीहरु छनोट गरिएको हो ।
No comments:
Post a Comment