सेना स¥यो ः तेलबाली जुर्मुरायो
सर्लाही समाचारदाता
नवलपुर पुस २१ । नेपाली सेनाको रिपुमर्दन गण साविकको स्थानबाट सरेको छ ।
नवलपुर चोक स्थित तेलबाली अनुसन्धान कार्यक्रमको भवनमा रहेको सेनाको गण नेत्रगंज गाविस–१ स्थित पाँचकुमारीमा पूर्ण रुपले सरेको हो । सेनाको एक टोली केही समयअघि नै सरिसकेको भएपनि सेनाको गण पूर्ण रुपले भने केही दिनअघि मात्र सरेको हो ।
‘‘हामी पाँचकुमारीमा पूर्ण रुपले सरिसकेका छौं ।’’ गणपति मनोज वैदवारले भने–‘‘गत १६ गतेदेखि हामी पूर्ण रुपले स¥यौं ।’’ सेनाले गणको स्थायी संरचना निर्माणका लागि केही वर्ष अघि नै पाँचकुमारीमा जग्गा किनेर भवनहरु बनाउन थालेको थियो । पाँचकुमारीमा १९ विगाह जग्गा खरिद गरेर सेनाले आÇनो बसोबास स्थायी गरेको हो । तत्कालिन नेकपा माओवादी र राज्यपक्षबीचको द्वन्द्वका क्रममा नवलपुर स्थित तेलबाली अनुसन्धान कार्यक्रमको भवन र जग्गामा २०६० सालदेखि सेनाको गुल्म बसेको थियो । सेनाले केही वर्षपछि उक्त गुल्मलाई नै गणमा परिणत गरेको थियो ।
यता सेनाको गण सरेपछि तेलबाली अनुसन्धान कार्यक्रमले सेनाले प्रयोग गर्दै आएका भवन र जग्गा आÇनो कामकाजका लागि सदुपयोग सुरु गरेको छ । अब क्रमशः सेनाले प्रयोग गरेको जग्गा जोताएर तेलबाली अनुसन्धानमा प्रयोग गरिने सो कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment