मुस्लिम समितिको समिक्षा
सर्लाही समाचारदाता
मलंगवा, माघ ०२ । इस्लामका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैही वस्सल्लामको १४८८ औं जन्मजयन्तीका अवसरमा गरिएको कार्यक्रमको समिक्षा गरिएको छ ।
धर्मगुरुको जन्मदिनमा विविध कार्यक्रम संचालनकालागि सहयोग गर्ने जिल्ला विकास समिति सर्लाही र मलंगवा नगरपालिकालाइ धन्यवाद ज्ञापन गरिएको मुस्लिम सेवा समितिका सर्लाही अध्यक्ष मो.अनवर अली मिकरानीले बताए ।
मिकरानीका अनुसार जिविस र नगरपालिकाले जनही ५० हजारका दरले गरेका आर्थिक सहयोग बाट नगरक्षेत्रमा अधादर्जनभन्दा बढी स्वागत गेट, झन्डा ब्यानर र साउन्ड सिस्टमकासाथै ¥यालीमा सहभागिहरुलाइ प्रसाद वितरण गरिएको थियो ।
जन्मजयन्ती मनाउने क्रममा स्थानीय निकायबाट प्राप्त सहयोग अपुग भएपछि समितिका सदस्यबाट खर्चको परिपूर्ति गरिने समितिका अध्यक्ष मिकरानीले बताए ।
No comments:
Post a Comment