Tuesday, January 14, 2014

तुसारोले जनजिवन प्रभावित

तुसारोले जनजिवन प्रभावित
सर्लाही समाचारदाता
हरिवन, पुस २३ । सर्लाही सहित तराईका जिल्लाहरुमा मंगलवारबाट तुसारो पर्दा जनजीवन निकै कष्टकर बनेको छ । तुसारो सँगै अत्याधिक मात्रामा चिसो समेत बढेका कारण जनञजीवन कष्टकर बनेको हो । तुसारोका कारण बालबालिका, बृद्धबृद्धा, मजदुर, विपन्न परिवार निकै प्रभावित भएका छन् ।
अन्य दिनको तुलनामा मंगलवार बिहानैबाट तुसारो परेका कारण चिसो  बढेको छ । तुसारोको कारण सर्लाही सहित तराईका जिल्लाहरु महोत्तरी ,रौतहट, बारा, पर्सा, सिराह, धनुषा लगायत जिल्लाको जनजीवन निकै प्रभावित भएकोहो ।
यसैविच सर्लाहीको घुर्कौलीमा रहेको द्धन्द्ध पिडित बाल गृहका बालबालिकाहरुलाई मंगलवार न्यानो कपडा वितरण गरिएको छ । चेतना सन्देश नेपालद्धारा सञ्चालीत बाल गृहमा तामाङ किङ्जो युवा समुह काठमाण्डौको सहयोगमा बालबालिकाहरुलाई ४२ थान स्विटर वितरण गरिएको हो । समुहका किश्वर ब्लोनको नेतृत्वमा बालबालिहरुलाई स्विटर वितरण गरिएको बाल गृहका व्यवस्थापक बेचु लुङगेलीले जानकारी दिइन्े ।

No comments:

Post a Comment