बर्डफ्लु नियन्त्रण गर्न प्रतिवद्धता
सर्लाही समाचारदाता
मलंगवा, माघ ३ । चिसो मौसममा कुखुरामा फैलन सक्ने बर्डफ्लु नियन्त्रण गर्न आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
बर्डफ्लु नियन्त्रण प्राविधिक समिति सर्लाहीको आयोजनामा शुक्रवार जिल्ला पशु सेवा कार्यालय मलंगवामा भएको बैठकमा सहभागी सरोकारवाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । चिसो मौसममा तापक्रम निकै कम भएपछि बर्डफ्लुको किटानु सक्रिय हुने हुँदा यसको समाधानकोे विषयमा छलफल भएको समितिका जिल्ला अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले बताए । चिसो मौसमा कुखुरामा यस्तो संक्रमण देखा नपरोस भन्दै कुखुराको ओसार पसार, खोरको सरसफाई, लगायतको विषयमा ध्यान दिने विषयमा छलफल भएको हो । छलफलमा कुखुरा व्यवसायी संघका प्रतिनिधी, जिल्ला पशु सेवा कार्यालयका प्राविधिक, सुरक्षा निकाय, विभिन्न संघ संस्थाका प्रमुख लगायतको सहभागिता रहेको थियो । वर्डÇलूको संक्रमण भित्रन सक्ने भएका कारण छिमेकी देश भारतबाट पंक्षी एवं पंक्षीजन्य बस्तु नेपालतर्फ आयातमा प्रतिबन्ध लगाईएकाले सिमा क्षेत्रमा विशेष निगारीका लागि समेत सचेत हुनुपर्ने सरोकारवालाहरुले बताए ।
No comments:
Post a Comment