Saturday, January 4, 2014

११ गाविसलाई साक्षर घोषणा गरिने

११ गाविसलाई साक्षर घोषणा गरिने
सर्लाही समाचारदाता
मलंगवा, पुस २० ।  जिल्ला शिक्षा कार्यालयले जिल्लाका ११ वटा स्रोत केन्द्र रहेका गाविसलाई साक्षर घोषणा गर्ने तयारी गरेको छ ।
कार्यालयका अनुसार आगामी माघ १५ गते देखी साक्षरता कक्षा सञ्चालन गर्ने तयारी रहेको छ ।      तीनमहिना सम्म साक्षरता कक्षा सञ्चालन गरिने र त्यस पश्चात साक्षर गाविस घोषणा गर्ने तयारी रहेको कार्यालयका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए ।
साक्षरता कक्षा सञ्चालनका लागी प्रस्तावना पत्र आव्हान गरिसकिएको उल्लेखगर्दै कुशवाहले  साक्षरता काक्षा सञ्चालन गर्न विभिन्न संघसस्था, सामुदायिक अध्ययन केन्द्र, विद्यालयले प्रस्तावना पत्र बुझाउन सक्ने बताए । साक्षरता कक्षा सञ्चालन भएपछि जिल्ला अनौपचारिक शिक्षा समितिबाट अनुगमन गरिने बताईएको छ ।

No comments:

Post a Comment