Wednesday, January 15, 2014

मिश्रलाई शोक

मिश्रलाई शोक
सर्लाही समाचारदाता
मलंगवा, माघ ०१ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं पत्रकारिता विकास प्रतिष्ठान सर्लाहीका अध्यक्ष राजेश मिश्रलाई पारिवारिक शोक परेको छ ।
मिश्रकी हजुरआमा कुस्मावती देवीको मलंगवा–८ स्थित निवासमा बुधबार विहान १० बजे निधन भएको हो । ९० वर्षिया कुस्मावतीको शव बुधबार अपरान्ह बलरा गाविस–१ स्थित पुख्र्यौली घर लगिएको छ । विहिबार विहान बागमती नदी किनारमा दाहसंस्कार गरिने मिश्रले बताए ।
कान्तिपुर पब्लिकेशन काठमाण्डौमा कार्यरत पत्रकार मिश्र दाहसंस्कारका लागि बुधबार साँझ नै सर्लाही आईसकेका छन् । महासंघ केन्द्रीय सदस्य मिश्रलाई परेको शोकप्रति नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष रोशन न्यौपाने, पत्रकारिता विकास प्रतिष्ठानका कार्यवाहक अध्यक्ष शंकर श्रेष्ठ, नेपाल प्रेस युनियनका अध्यक्ष अजित सिंह, प्रेस चौतारी नेपालका अध्यक्ष इन्द्र न्यौपाने लगायतले हार्दिक समवेदना प्रकट गरेका छन् ।

No comments:

Post a Comment