Monday, February 10, 2014

नयाँ ‘इन्सपेक्टर’ आएसँगै हरिवन प्रहरी तात्यो

नयाँ ‘इन्सपेक्टर’ आएसँगै हरिवन प्रहरी तात्यो
सर्लाही समाचारदाता
हरिवन, माघ २७ । ईलाका प्रहरी कार्यालय हरिवनले अवैध कारोबार विरुद्ध ‘अप्रेशन’ सुरु गरेको छ । हालै प्रमुखको रुपमा नयाँ ‘इन्स्पेक्टर’ सरुवा भएर आएपछि ईलाका प्रहरी कार्यालय हरिवनले त्यस्तो अवैध कार्य विरुद्ध कार्वाही अभियान सुरु गरेको हो । ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक महेश थापाले भने–‘‘राज्यले अवैध र अनियन्त्रित ठानेका सबैखाले  काम कार्वाही नियन्त्रणमा कुनै कसर बाँकी राखिने छैन ।’’ सोमबारै लागूऔषधमा कारोबार गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय हरिवनले  लागूऔषध कारोबारमा संलग्न भएको आरोपमो एक महिलासहित दुईजनालाई पक्राउ गरेको छ भने ठूलो परिणाममा काठ बरामद् गरेको छ ।
लागूऔषध कारोबारीको आरोपमा ढुंग्रेखोला गाविस–२ घर भएकी ३५ बर्षिया आसामाया बल र महोत्तरी जिल्ला बलुवा गाविस–७ निवासी २६ बर्षिय जिवन महतो पक्राउ परेका छन् । उनीहरुको साथबाट नाईट्रो भ्याट ६९ वटा, कोरेक्स ११ थान, प्रोक्सीवन ४८
वटा, मोबाईल सेट २ थान र नगद ८५ हजार एकसय ४३ रुपैंया बरामद भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । सुराकीको आधारमा गएको प्रहरीले बलको घरमा खोजतलास गर्दा केही बाहिर र केही घर भित्र माटोमा गाडेर राखेको अवस्थामा लागूऔषध बरामद भएको प्रहरीले जनायो । “हामीले सुराकी पायौं, त्यसैको आधारमा छापा हान्दा लागूऔषध सहित दुई जनालाई पक्राउ गरियो ।” प्रहरी निरिक्षक थापाले भने–‘‘लागु औषध दुब्र्यसनीबाट समाजको शान्ति सुब्यवस्थामा खलल पुग्ने भएकाले त्यस्ता कार्य नियन्त्रणका लागि कडा निगरानीका साथ लागी परेका छौं ।”
पक्राउ परेका दुवैजनालाई आवश्यक कानूनी कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय हरिपुरको जिम्मा लगाईएको हरिवन प्रहरीले जनाएको छ । पक्राउ परेकी महिला बलले आफूले लागूऔषधको कारोबार गर्ने गरेको स्वीकार गरिन् । ‘‘भारतबाट लागूऔषधको रुपमा प्रयोग हुने ‘कोरेक्स’ ल्याउने गरेको निकै भईसक्यो ।’’ उनले भनिन्–‘‘प्रतिगोटा कोरेक्स बोतल ३ सय रुपैयामा विक्री हुन्छ ।’’ उनले सँगै पक्राउ परेका महोत्तरीका जीवन महतोसँग अढाई बर्षदेखि चिनजान भएको समेत बताईन् ।
श्रीमान्लाई दुव्र्यवहार गरेर घरनिकाला गरेकी बलले चिनजानका आधारमा महतो विगत अढाई वर्षदेखि आÇनो घरमा आउने गरेको बताईन् । लागूऔषधको कारोबार गर्ने र सेवनकर्ताका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन, नवलपुर, लालबन्दी, नयाँरोड, कर्मैया लगायत स्थानमा सामाजिक सुरक्षामा असर पुगेको प्रहरीले जनाएको छ । राती ९ बजेपछि पनि सर्वसाधारण निर्धक्क सार्वजनिक स्थानमा हिड्न सक्ने बातावरण तयार पार्नका लागि सुरक्षा निकाय कटिबद्ध रहेको प्रहरी निरीक्षक थापाले बताए ।
त्यसैगरी इलाका प्रहरी कार्यालय हरिवनको टोलीले सोमबार ढुंग्रेखोला गाविस–९ डाबरीबाट ४५ थान सखुवाका फल्ली बरामद् गरेको छ । घर तथा मकैबारीमा लुकाएर राखेको अवस्थामा ४५ वटा सखुवाको फल्ली बरामद् भएको प्रहरीले बतायो । ‘‘सुराकीका आधारमा सखुवाका काठ बरामद् गरेका हौं ।’’ प्रहरी निरीक्षक थापाले भने–‘‘हाम्रो कार्वाही अभियान जारी रहनेछ ।’’ बरामद् काठ सोमबार साँझ नै जिल्ला वन कार्यालयसमक्ष बुझाईएको प्रहरीले जनाएको छ ।
२०६७ सालताका केपी शर्मा इन्स्पेक्टर हुँदा तातेको ईलाका प्रहरी कार्यालय हरिवन महेश थापा प्रमुखको रुपमा आएपछि पूनः अपराधिक क्रियाकलाप विरुद्ध आक्रामक बनेको छ । थापा प्रमुख बनेलगतै इलाका प्रहरी कार्यालय हरिवनले लागूऔषधका कारोबारी सहित राज्यद्वारा अवैध मानिएका क्रियाक्लाप विरुद्ध कडाई सुरु गरेको हो । प्रहरी निरीक्षक थापाले अवैध क्रियाक्लाप गर्ने जोसुकैलाई कार्वाहीको दायरामा ल्याईने बताए । ‘‘कानून विपरित क्रियाक्लाप विरुद्ध लाग्नेलाई कुनैपनि हालतमा छाड्दैनौं ।’’ प्रहरी निरीक्षक थापाले भने–‘‘समाजमा अशान्ति मच्चाउन खोज्नेहरु हाम्रा प्रमुख शत्रु हुन् ।’’

No comments:

Post a Comment