जनमोर्चाको श्रम शिविर उद्घाटन
सर्लाही समाचारदाता
घुर्कौली, माघ २० । राष्ट्रिय जनमोर्चाले सर्लाहीमा श्रम शिविरको उद्घाटन गरेको छ ।
सोमबार घुर्कौलीमा एक कार्यक्रम गरि जनमोर्चाले श्रम शिविरको उद्घाटन गरेको हो । पार्टीको भातृ संगठन जनजाती सम्मेलनको अवसर पारेर जनमोर्चाले श्रम शिविरको समेत उद्घाटन गरेको हो ।
सम्मेलन एवं शिविर उद्घाटन समारोहमा बोल्दै वक्ताहरुले मुलुकमा राजनैतिक क्रान्तिसँगै कृषिक्रान्तिको पनि आवश्यकता रहेको बताएका छन् । सत्ताधारीहरुले राज्यको उर्वर भूमीलाई मरुभूमि बनाएको र युवा शत्तिलाई रोजगार दिन नसकेकाले युवाहरु बाध्य भएर बैदेशिक रोजगारमा जानु परेको उल्लेख गर्दै नेताहरुले कृषि क्षेत्रमा ठोस नीति नबनेसम्म बैदेशिक रोजगारमा जाने युवाहरुको संख्या घटाउन नसकिने बताएका छन् । सम्मेलनका केन्द्रिय सदस्य विष्णु थिङको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष निम बहादुर बुढामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष वीर बहादुर गोले, अखिल नेपाल जनजाति महासंघका केन्द्रिय महासचिव रामबहादुर बुढामगर, यातायात संगठनका केन्द्रिय उपाध्यक्ष दुर्गा लोप्चन, केन्द्रिय सदस्य राम बहादुर जिमकाजी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष श्रवण लोप्चन लगायतको सहभागिता रहेको थियो । तुलामान राईको सञ्चालन रहेको कार्यक्रममा लालबहादुर राना मगरले स्वागत गरेका थिए ।
पछिल्लो समय राजनीतिक गर्नेहरुमा श्रम गर्ने बानी हराउँदै गराएकाले श्रम शिविरको आयोजना गरिएको पार्टीले जनाएको छ । सम्मेलनबाट पार्टीको संगठन विस्तार र श्रम शिविर मार्फत आर्थिक संकलन समेत गरिने जनजाती सम्मेलनका केन्द्रीय सदस्य विष्णु थिङले जनाए । पार्टीको संगठन विस्तार गर्न आज देखी २५ जना भन्दा बढी कार्यक्रता मिलेर किसानहरुको खेतबारीमा गएर श्रम गरी आर्थिक संकलन गरिने थिङले बताए ।
No comments:
Post a Comment