Tuesday, February 4, 2014

सरस्वती पूजा सम्पन्न

सरस्वती पूजा सम्पन्न
सर्लाही समाचारदाता
हरिवन, माघ २१ ।  विद्याकी देवी सरस्वतीको पूजा आरधनाका साथ मंगलवार वसन्तपञ्चमी अर्थात श्रीपञ्चमी पर्व मनाईएको छ ।
श्रीपञ्चमी बाट ससाना बालबालिकालाई अक्षर चिनाउने अर्थात विद्यालय देखाउने गरिन्छ । विद्या दान गर्ने देवीका रूपमा सरस्वतीको पूजा गर्ने प्रचलन छ । यही दिनदेखि होली पर्व सुरु हुने र ऋतु परिवर्तन हुन्छ भन्ने धामिर्क मान्यता पनि छ ।
सूर्य उत्तर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ श्रीपञ्चमीलाई ‘वसन्त पञ्चमी’ भनिएको हो । यस दिन सबैले आफुलाई शिक्षा दिने गुरुलाई दक्षिणा दिएर पनि सम्मान गर्ने गर्दछन् । मंगलवार जिल्लाका विभिन्न स्थानमा रहेको सरस्वतीका मन्दिरमा पूजाआजा गर्न मानिसको घुइँचो लागेको थियो । त्यस्तै विद्यालयमा पनि विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गरी सरस्वती पूजा धु्मधामका साथ मनाएका थिए । श्रीपञ्चमीको अवसरमा मूर्तियामा रहेको मुक्तेश्वर माहादेव मन्दिर र चन्द्रनगर गाविसमा रहेको नाडीमन तालमामा मेला शुरु भएको छ ।

No comments:

Post a Comment