Tuesday, February 4, 2014

पैदलयात्रीलाई स्वागत

पैदलयात्रीलाई स्वागत
सर्लाही समाचारदाता
नयाँरोड, माघ २१ । व्यावहारिक शिक्षाको माग गर्दै मेची महाकाली पैदल यात्रामा निस्केका विपिन त्रिपाठीलाई मंगलवार नयाँरोडमा विद्यार्थी र शिक्षकहरुले स्वागत गरेका छन ।
शिशु प्रज्ञा सदन बोडिङ् स्कुलका विद्यार्थीले उनलाई सरस्वती पूजाको प्रसाद प्रदान गरी स्वागत गरेका थिए । धादिङ निवासी २६ वर्षिय त्रिपाठी माघ ६ गते देखी मेची पुलवाट अभियान शुरु गरेका र तीन महिना पछि महाकालीमा पुगेर समापन गर्ने उनले बताए ।

No comments:

Post a Comment