ईश्वरपुर गाविसमा थिङ
सर्लाही समाचारदाता
ईश्वरपुर, माघ १९ । नगरउन्मुख गाविस ईश्वरपुरमा गाविस सचिवको रुपमा मदन बहादुर थिङ हाजिर हुनु भएका छन् ।
गाविस सचिव कृष्ण प्रसाद आचार्यको परवानीपुर गाविसमा सरुवा भएपछि थिङ नयाँ गाविस सचिवको रुपमा हाजिर हुनु भएका हुन् । लालबन्दी निवासी थिङ विगत तीनवर्षदेखी जिल्ला वन कार्यालयमा अधिकृतको रुपमा कार्यरत रहेका थिए ।
नेपाल सरकारले अधिकृत स्तरका कर्मचारीहरुलाई गाविस सचिवको रुपमा पठाउने क्रममा ईश्वरपुर सहित लाबलन्दी, बरहथवामा समेत नयाँ गाविस सचिवहरु हाजिर भएका छन् ।
No comments:
Post a Comment