झोलेको बयान अन्तिम चरणमा
सर्लाही समाचारदाता
मलंगवा, माघ २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीका झोले विद्यालयहरु सँग बयान लिने क्रम अन्तिम चरणमा पु¥याएको छ ।
आयोगका सह सचिव रामकृष्ण सुवेदीको नेतृत्वका स्थलगत अनुगमन गरिसकेको विद्यालयहरुसँग बयान लिने क्रम सकिएको छ भने उपसचिव शंकर थापाको नेतृत्वमा गतभदौमा अनुगमन गरेको झोले विद्यालयसँग बयान लिने क्रम चलिरेहेको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले जानकारी दिए ।
मंगलवारसम्म थापाले अनुगमन गरेका मलंगवा, बरहथवा र मदनपुर स्रोत केन्द्र अन्तर्गत ३३ विद्यालय सँय बयान लिएर सकिने विश्वकर्माले बताए ।
जिल्ला शिक्षा कार्यालयबाट २०६५ र २०६७ सालमा अनुमती लिएर सञ्चालनमा नरहेको अर्थात झोले उपनामले परिचित जिल्लाका एक सय ७५ विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितका अध्यक्षलाई मलंगवा बोलाईएको थियो । बयान पश्चात कस्तो कारवाही गर्ने भन्ने बारेमा बयान लिएको सम्पुर्ण जानकारी बाहिर आएपछि थाहा हुने कार्यालय श्रोतले जनाएको छ ।
No comments:
Post a Comment