तस्करी मल बरामद
सर्लाही समाचारदाता
सिमरा, फागुन ०२ । भारतीय सिमा क्षेत्र सिमरा नाकाबाट भन्सार छलेर ल्याउँदै गरेको एक सय ३७ बोरा यूरिया मल शुक्रवार प्रहरीले बरामद गरेको छ । प्रहरी नायव निरीक्षक खेमराज सुनुवारको नेतृत्वमा खटिएको जिल्ला प्रहरीको गस्ती टोलीले सो रसायीनिक मल बरामद गरेको हो ।
बरामद गरिएको करिव ९५ हजार मूल्य बरावरको मल जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाईएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । मल ल्याउने व्यक्ति प्रहरीलाई देख्नासाथ फरार भएकाले काहीपनि पक्राउपर्न सकेनन् ।
No comments:
Post a Comment