कम्प्युटर कक्षा प्रभावकारी भएन
सर्लाही समाचारदाता
मलंगवा, माघ २२ । जिल्लाका विभिन्न माध्यमिक तहका सामुदायिक विद्यालयमा सञ्चालन गरिएको कम्प्युटर कक्षा प्रभावकारी नभएको गुनासो आउन थालेको छ ।
विद्यालयमा अनुगमनको अभाव र व्यवस्थापनको कमजोरीको कारण कक्षा प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको हो बताइएको छ । गतवर्ष देखि जिल्लाका १० वटा माध्यमिक विद्यालयमा जिल्ला शिक्षा कार्यालय र विद्यालयको सहयोगमा कम्प्युटर कक्षा सञ्चालन गरिएको थियो । कम्प्युटर कक्षा सञ्चालन गरिएको विद्यालयहरुको अनुगमन नभएकाले प्रभावकारीताको बारेमा जानकारी नभएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले बताए । गतवर्ष देखी कार्यालयको एकलाख ४० हजार र विद्यालयको आन्तरिक स्रोतबाट रकम जुटाएर कम्प्युटर कक्षा सञ्चालन गरिएको हो । भौतिक सामग्री, दक्ष शिक्षक र विद्युतको समस्याले कम्प्युटर कक्षा प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको गुनासो छ ।
No comments:
Post a Comment