Monday, February 10, 2014

आलुमा डडुवा रोग

आलुमा डडुवा रोग
सर्लाही समाचारदाता
औरही, माघ २७  । डडुवा रोग लागेर आलुका विरुवा मर्न थालेपछि जिल्लाका किसानहरु निकै चिन्तित भएका छन् ।   हुस्सुका कारण आलुमा डडुवा रोगको प्रकोप देखापरेर धमाधम बोटै मर्न थालेपछि किसानहरु चिन्तित भएका हुन् । आफुले ६ कठ्ठा जमिनमा लगाएको आलु डडुवा रोगका कारण सखाप भएको औरही–१ का किसान रामप्रताप शाहले गुनासो गरे ।
विभिन्न विषादीको प्रयोग गर्दा समेत डडुवा रोग नियन्त्रण नभएको शाह भनाई छ । डडुुवा रोगका कारण यस क्षेत्रका किसानहरुले करिव एक बिगाह क्षेत्रफलमा लगाएको कालो आलु सखाप भएको बताइएको छ । वर्षेनी आलुमा यस्तो संक्रमण देखा परेकाले आफुहरुलाई गुजारा चलाउन निकै समस्या भएको किसानहरुको गुनासो छ । यता जिल्ला कृषि विकास कार्यालयले त्यस क्षेत्रमा फैलिएको डडुवा रोग नियन्त्रणका लागी किसानहरुलाई सरसल्लाह दिन प्राविधिक पठाएको दावी गरेको छ ।

No comments:

Post a Comment