Thursday, February 13, 2014

लुटपाटको आरोपमा तीन पक्राउ

लुटपाटको आरोपमा तीन पक्राउ
सर्लाही समाचारदाता
हरकठवा, माघ २९ । लुटपाटको आरोपमा इलाका प्रहरी कार्यालय हरकठवाले बुधबार तीनजनालाई पक्राउ गरेको छ ।
मोतिपुर गाविस–३ का २७ वर्षिय राजेश साह, १८ वर्षिय दिनेश साह र खुटौना गाविस–६ निवासी १८ वर्षिय सुरज पासवानलाई लुटपाटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । बुधबार साँझ साढे ५ बजे सेखौना गाविस–३ स्थित गाउँमा मोटरसाईकलमा हिडिरहेका दम्पतिमाथि लुटपाट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बरहथवाबाट हरकठवा गाविस–९ स्थित घरतर्फ मोटरसाईकलमा गईरहेका जंगली महतो दम्पतिमाथि लुटपाट भएको प्रहरीले बतायो । घटना हुने वितिकै स्थानीय गाउँलेहरुको सकृयतामा लुटपाटमा संलग्नहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले दावी गरेको छ । लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुको साथबाट नगद २९ हजार ५ सय र नलकटुवा पेस्तोल १ थान एवं त्यसमा लाग्ने गोली ४ थान बरामद् भएको छ । प्रहरीले
लुटपाटमा संलग्नहरु चढेको द्यच् घण् ब् ठडघढ नम्बरको हिरोहोण्डा मोटरसाईकल पनि बरामद् गरेको छ । दम्पतिबाट १ लाख ११ हजार नगद लुटिएको दावी आएको र लुटेरा समूहबाट २९ हजार पाँचसय मात्र बरामद् भएकाले लुटपाटको घटनाबारे गम्भिर रुपमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment