Monday, March 3, 2014

कृषि प्रदर्शनीमा किसान पुरस्कृत

कृषि प्रदर्शनीमा किसान पुरस्कृत
सर्लाही समाचारदाता
हरिपुर, फागुन १९ । हरिपुरको चिताईनमा भएको दुई दिने कृषि तथा उखु प्रदर्शनी मेलामा सोमबार ५९ जना किसानहरुलाई पुरस्कृत गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले “कृषिमा व्यावसायिकता आजको आवश्यकता ” भन्ने मूल नाराका साथ आयोजना गरेको मेलामा उत्कृष्ठ कृषि प्रदर्शनी गर्ने किसानहरुलाई पुरस्कृत गरिएको हो । प्रदर्शनीमा तीन सय १८ जना किसानहरुले आÇनो उत्पादन प्रदर्शनीमा राखेका मध्ये उत्कृष्ट ५९ जना कृषकहरु पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
पुरस्कृत हुने किसानहरुलाई नगदका साथै प्रमाण पत्र समेत प्रदान गरिएको छ । किसानहरुलाई कृषि क्षेत्रमा पनि उत्कृष्ट काम गरे पुरस्कृत हुन सकिन्छ भनेर प्रोत्साहन स्वरुप कृषि तथा उखु प्रदर्शनी मेलाको आयोजना गरिएको थियो । आइतबारदेखि आयोजित मेलामा किसानहरुले विभिन्न खाद्यन्न, तेलहन, दलहन, नगदे बाली, मत्स्य लगायत अन्य प्रदर्शनी गरेका र हजारौँ किसानहरुले अवलोकन गरेका आयोजकले जनाएको छ ।

No comments:

Post a Comment