शिक्षक नेताहरुको आग्रह
सर्लाही समाचारदाता
मलंगवा, चैत ०४ । विभिन्न शिक्षक संगठनका नेताहरुले एसएलसी परीक्षा–२०७० मर्यादित, व्यवस्थित र अनुशासित ढंगले सम्पन्न गर्नका लागि सरोकारवाला सबैपक्षसँग आग्रह गरेका छन् ।
मंगलबार विहान श्रीमती कृष्णादेवी जनता उमाविमा भएको बैठकबाट सर्वसम्मत रुपमा निर्णय गर्दै शिक्षक नेताहरुले त्यस्तो आग्रह गरेका हुन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नरेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको बैठकमा लोकतान्त्रिक शिक्षक फेड्रेशनका अध्यक्ष लालबाबु राय, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लक्ष्मिनारयाण चौधरी, लोकतान्त्रिक शिक्षक युनियनका अध्यक्ष जयरुद्र मिश्र, मधेशी शिक्षक फोरमका अध्यक्ष रामबाबु राय, नेपाल शिक्षक संघ क्रान्तिकारीका अध्यक्ष विद्यानन्द राय, नेपाल बुद्धिजीवि शिक्षक संघका अध्यक्ष किशोर साह लगायतको उपस्थिती रहेको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नरेन्द्रप्रसाद यादवका अनुसार बैठकले एसएलसी परीक्षा मर्यादित, व्यवस्थित र अनुशासित ढंगले सम्पन्न गर्नका लागि आ–आÇनो स्थानबाट सहयोग पु¥याउने र सरोकारवाला सबै पक्षसँग सहयोगका लागि आग्रह समेत गरेको छ ।
यसैविच जिल्ला शिक्षा कार्यालयले मर्यादित परीक्षा सम्पन्न गर्नका लागि मंगलबार आव्हान गरेको सर्वपक्षिय छलफल भने हुन सकेन । बोलाईएका राजनैतिक दल सहित सरोकारबालाहरुको उपस्थिति नभएकाले उक्त कार्यक्रम हुन नसकेको शिक्षा अधिकार राजकुमार विश्वकर्माले जानकारी दिए । सर्वपक्षिय छलफल हुन नसकेपछि जिल्ला शिक्षा कार्यालयले स्थानीय संचारकर्मीहरुसँग एसएलसी परीक्षा बारे जानकारी गराएको थियो ।
No comments:
Post a Comment