Monday, March 3, 2014

बलात्कारमा अभियोग पत्र दायर

बलात्कारमा अभियोग पत्र दायर
सर्लाही समाचारदादा
नारायणखोला, फागुन १९ । पत्थरकोटकी एक युवतीमाथि बलात्कार भएको आरोपमा माघ २२ गते राती पक्राउ परेका नारायणखोला गाविसका एक युवकलाई इलाका प्रहरी कार्यालय हरिपुरले सर्लाही जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।
सोमबार जबर्जस्ती करणी अन्तर्गत नारायणखोला गाविस–७ का २३ वर्षिय लुगु ब्लोन विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ । पत्थरकोट निवासी एक युवती कामको सिलसिलामा नारायणखोला गाविस स्थित माईस्थान पुगेपछि ती युवकले कब्जामा लिई घरमा राखेर जबर्जस्ती करणी गरेको आरोप लगाईएको छ ।
दुईदिन अघि घरबाट नारायणखोलातर्फ हिडेकी युवती फर्केर नआएपछि खोज्दै गएका आफन्तहरुले ती युवककै घरमा युवतीलाई फेला पारेको र युवतीले पनि जबर्जस्ती करणी भएको बताएकी थिईन् । पीडित युवतीका परिवारले खबर गरेपछि युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घरमा बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा ती युवकमाथि जिल्ला अदालतले अभियोग पत्र दायर गरेको हो । सोमबार अभियोग पत्र दायर भएको र मंगलबार युवकको बयान एवं थुनछेक बहस चल्ने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment