प्राधिकरणले चलायो चोरी विरुद्धको कार्वाही
सर्लाही समाचारदाता
मलंगवा, फागुन २० । नेपाल विद्युत प्राधिकरणले विशेष कार्वाही अभियान सुरु गरेको छ । मंगलबार प्राधिकरण र सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा विशेष कार्वाही अभियान चलाएको छ । त्यस क्रममा तीनवटा ठूला राइस मिलमा कार्वाही गरेको छ ।
नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख दिपेन्द्रराज द्विवेदीले जिल्लामा विद्युत चुहाहट विरुद्ध विशेष कार्वाही अभियान चलाईएको बताए । “चुहावट नियन्त्रण विरुद्ध हाम्रो विशेष कार्वाही अभियान जारी छ ।” प्रमुख द्विवेदीले भने–“हाम्रो कार्वाही अभियान थप आक्रामक ढंगले अगाडी बढ्छ ।”
मंगलबार जिल्लाको दक्षिण पश्चिम क्षेत्रका बलरा, अर्नाहा, मिर्जापुर र हथियौल गाविसमा विद्युत प्राधिकरण र सशस्त्र प्रहरीको संयुक्त टोलीले कार्वाही गरेको हो । टोलीमा प्राधिकरणका १४ जना र सशस्त्र प्रहरीका १२ जना रहेको प्राधिकरण वितरण केन्द्रका प्रमुख द्विवेदीले बताए ।
संयुक्त टोलीले ठूला क्षमताका मोटर प्रयोग गरेर राइस मिल चलाईराखेको अवस्थामा पक्राउ गरेको छ । त्यस्तै चोरीको विद्युतबाट काठको काम गरिरहेको अवस्थामा समेत संयुक्त टोलीले बरामद गरेको छ । जिल्लामा भईरहेको अनियन्त्रित विद्युत चुहावटको अवस्था नियन्त्रणका लागि विशेष कार्वाही अभियान चलाईएको द्विवेदीले बताए ।
No comments:
Post a Comment