Tuesday, October 8, 2013

सिडिओ–एसपी चितवन गए

सर्लाही समाचारदाता
मलंगवा, असोज २२ । प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरेको नेतृत्वमा  जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु चितवनमा बुधबार हुने क्षेत्रीय सुरक्षा भेलामा सहभागि हुन त्यसतर्फ गएका     छन् ।
आगामी संविधान सभा निर्वाचनमा अपनाउनुपर्ने सुरक्षा व्यवस्था एवं आइपर्ने चुनौती लगायत विषयमा छलफल गर्नका लागि राखिएको क्षेत्रीय भेलामा सहभागि हुन प्रजिअ घिमिरे नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली मंगलबार अपरान्ह त्यसतर्फ लागेको हो । भेलामा मध्यमाञ्चल क्षेत्रभित्र पर्ने धनुषादेखि पश्चिमका ९ जिल्लाबाट प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारीहरुको उपस्थिती रहने बताईएको छ । बुधबार एकदिन हुने भेलामा सर्लाहीबाट नेपाली सेनाको रिपुपद्र्धन गणका गणपति मनोज वैदवार, नेपाल प्रहरीका प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, सशस्त्र प्रहरी उपरीक्षक हृदयनारायण मण्डल र राष्ट्रिय अनुसन्धान प्रमुख नायव उपरिक्षक माधव खतिवडा सहभागि हुनेछन् ।

No comments:

Post a Comment