Tuesday, October 8, 2013

शुभकामना आदान प्रदान कार्यक्रम

सर्लाही समाचारदाता
नवलपुर, असोज २२ । बडादशैको पूर्वसन्ध्यामा मंगलबार विभिन्न राजनैतिक दल एवं संघ संस्थाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
यसैक्रममा अखण्ड नेपाल पार्टी सर्लाही कमिटीले नवलपुरमा एक कार्यक्रमको आयोजना गरी कार्यकर्ताहरुबीच शुभकामना आदान प्रदान गरेको छ । नवलपुर स्थित महिला बचत तथा सहकारी भवनमा आयोजना गरिएको कार्यक्रममा वडा दशैं, तिहार, छठ एवं वकरईदको अवसरमा शुभकामना साटासाट गरिएको पार्टीका जिल्ला अध्यक्ष उदयबहादुर कार्कीले बताए ।
त्यस्तै जन युनिटी को–अपरेटिभ पार्टी नेपालले लालबन्दीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पार्टीका जिल्ला अध्यक्ष देवनारायण महतोको सभापतित्व एवं केन्द्रिय सदस्य लालबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीको जिल्ला सदस्य रविन्द्र कुशवाहा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी इश्वरपुर गाविस–९ मा रहेको जागृति यूवा क्लव रामपुरले पनि मंगलबार नै दशै, दिपावली, छठ, र बकरईदको अवसरमा सुभकामना आदानप्रदान गर्नुका साथै जलपान कार्यक्रम सम्पन्न गरेको छ ।
क्लवका अध्यक्ष देवराज थापाको अध्यक्षता तथा नेपाली कांग्रेस महासमिति सदस्य बेनिबहादुर कार्की र कांग्रेस क्षेत्र नं १ की उम्मेदवार शुशीला कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा पुर्व गाविस उपाध्यक्ष सुर्य नारायण चौधरी, ईश्वरपुर–११ क्लवका सल्लाहकार रन्जित साह, नारायण उच्च मावि नेवि संघका इकाई सभापति प्रकाश मैनाली लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment