Wednesday, October 9, 2013

बागमतीले बोनस बाड्ने

बागमतीले बोनस बाड्ने
सर्लाही समाचारदाता
हरिवन, असोज २३ । बागमती डेभलपमेन्ट बैंक हरिवनले शेयर सदस्यहरुलाई प्रतिशेयर सात दशमलव ३५ प्रतिशत लाभांस बोनस वितरण गर्ने भएको छ ।
हालै सम्पन्न बैंकको ५औं साधारण सभाले सो बोनस    (नगद लाभांस) वितरण गर्ने निर्णय गरेको हो ।
त्यसैगरी साधारण सभाले राधामणि खतिवडा, राजकुमार चालिसे र चुडामणि पौडेल संस्थापक शेयरधनि तर्फबाट संचालकमा निर्वाचन गरिएको थियो । निर्वाचन पश्चात भएको संचालक सदस्यको बैठकले राधामणि खतिवडालाई पूनः अध्यक्षमा चयन गरेको छभने चालिसे र पौडेललाई संचालकमा राखिएको थियो ।
यसअघि सर्वसाधारण शेयधनीबाट विपिन पोखरेल, केशव ढुंगाना र बुद्धकुमारी चालिसे संचालकमा चयन भएका थिए । हरिवनमा मुख्य कार्यालय रहेको सो बैंकको ईश्वरपुर, लालबन्दी र बरहथवामा शाखा कार्यालय रहेको छभने नवलपुर र मलंगवामा समेत शाखा खोल्ने तयारी तिब्र रुपमा अगाडी बढेको बैंक श्रोतले जनाएको छ ।

No comments:

Post a Comment