Wednesday, October 9, 2013

सर्लाहीमा २ सय ५५ जना उम्मेद्वार कायम भए

सर्लाहीमा २ सय ५५ जना उम्मेद्वार कायम भए
सर्लाही समाचारदाता
मलंगवा, असोज २३ । मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालयले बुधबार सर्लाहीका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेका छन् ।
प्रकाशित अन्तिम नामावली अनुसार सर्लाहीमा कूल २ सय ५५ जना उम्मेद्वार हुने भएका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारीले ६ जना उम्मेद्वारले मनोनयन फिर्ता लिएको र ३ जना उम्मेद्वारको मनोनयन रद्ध भएको बताए ।
गत १७ गते विहिबार २ सय ६४ जनाले उम्मेद्वारी मनोनयन गराएका थिए । अन्तिम नामावली अनुसार १ सय ७७ जना विभिन्न राजनैतिक दलका तथा ७८ जना स्वतन्त्र उम्मेद्वारहरु चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
विहिबार स्वतन्त्र उम्मेद्वारहरुलाई निर्वाचन चिन्ह दिईने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । ‘‘निर्वाचन आयोगमा दर्ता भएका दलका उम्मेद्वारहरुलाई पहिला नै तोकि सकिएको छ ।’’
मुख्य निर्वाचन अधिकृत अधिकारीले भने–‘‘स्वतन्त्र उम्मेद्वारहरुलाइ भने भोली चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।’’
मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार स्वतन्त्र उम्मेद्वारहरुलाई रोजेर चुनाव चिन्ह छान्न लगाउने र त्यसमा विवाद देखिए  नामको वर्णानुक्रम अनुसार छान्न लगाइने छ । फेरी पनि विवाद भए नियमानुसार उम्मेद्वारहरुलाई निर्वाचन चिन्ह तोकिदिने प्रकृया रहेको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । निर्वाचन चिन्ह तोक्ने समय विहान १० बजेदेखि साँझ ५ बजेसम्म रहेको छ ।

No comments:

Post a Comment